झुम्का, नविन कुमार चौधरी
शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभामा प्रदेश साँसद एवं पूर्वाधार विकास निर्देशक सर्वध्वज साँवाले नेपालको बजेट खर्च र आयोजनाको अवस्थाको चित्रण गर्दै आय बजेट भन्दा बढी विदेशी ऋण भएको तितो सत्य व्यक्त गर्नुभयो ।

झुम्का खाने पानी तथा सरसफाइ मूल उपभोक्ता समितिद्धारा व्यवस्थापित खानेपानी संस्थानको विकास विगत भन्दा हाल बढी भएको भएता पनि नगरबासीहरुले शुद्ध पानी उपभोग गर्न नसकेको गुनासो लाई उत्तर दिदैं साँवाले सभामा उपस्थित भएर यहाँको यथार्त समस्याहरुको बारेमा प्रत्यक्षरुपमा बुझ्न पाएको बताए । तथापि यस संस्थान लगाएत नेपालका विभिन्न संस्थान तथा निकायले आयोजनाको यथार्त इस्टिमेट प्रदेसमा नपठाउने र विदेशी ऋणको आँडमा आयोजना संचालन गर्नुपर्ने भएकोले माथिलो निकाय तथा प्रदेशले सही तवरले बजेट विनियोजन गर्न नसकिएको बताउदै जनताको गुनासो र दोष खेपिरहेको बताउनुभयो । वास्तवमा विना खइस्टिमेटको आयोजना र राष्ट्र गरिव भएकैकारण बजेट शिर्षक छुट्याएपनि प्रयाप्त बजेट निकासा गर्न नसकिएको बताउनुभयो ।
गरिवि तथा विदेशी ऋणको दोष बाट बच्न उत्पादक्त्वमा जोड दिनुपर्ने बताउदै कृषि उत्पादन तथा बजारीकरण आवश्यक रहेको बताउनुभयो । शुद्ध र प्रयाप्त खानेपानीको लागि वृक्षारोपन कार्यक्रमलाई तिब्ररुपमा अघिबढाउनेमा उहाँले बताउनुभयो ।
सभामा वक्ताहरु वडाध्यक्ष डेगराज फुयाल, नेत्र प्रसाद गौत्तम, विप्लव अधिकारी, संस्थानका सल्लाहकार शंकरलाल चौधरी लगाएतले उपभोक्ताको समस्या, संस्थान प्रतिको चाँसो गुनासो, अनियमितता, खानेपानीको मर्मत सम्भार, तथा फिल्टरका सवालमा कुरा उठान गरेका थिए ।
समाजसेवी शंकरलाल चौधरीले प्रारम्भिक चरणमा यो संस्थान तथा पानी ट्याङ्की ल्याउन परेको समस्या तथा ३०० जना उपभोक्ता संख्या पुर्याउन समस्या भएको कारण आयोजना नै नआउने अवस्था रहेको बताउदै आज वृहत्तरुपमा उपभोक्ता पाएको र खाने पानीको मागमा चाँसो राखेकोमा विकास भएको जिकिर गर्नुभयो । सभामा आर्थिक प्रगति प्रतिवेदन तथा आय व्यय प्रतिवेदन संस्थानका सचिव प्रेम कुमार खड्काले गरेको थियो । प्रतिवेदन अनुसार संस्थानको सम्पत्ति दायित्व हाल ५३ लाख, १४ हजार रहेको छ । सभामा २०० भन्दा बढी उपभोक्ताहरुको सहभागिता रहेको थियो ।