झुम्का, नविन कुमार चौधरी, पुस २३
रामधुनी नगरपालिका वडा नं. ३ ले विभिन्न विद्यालयका साना बालबालिकाहरुलाई मंगलबार न्यानो स्वेटर वितरण कार्यक्रम गरेको छ ।

वडा नं. ३ का जनता मा. वि. सिंगियामा बालविकास देखी कक्षा ५ सम्मका गरिव, विपन्न तथा दलित विद्यार्थीहरुलाई न्यानो स्वेटर २० थान एक कार्यक्रम गरी वितरण गरेको छ भने वडा नं. अन्तर्गतकै जन जागृति प्राविका २१ विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको छ । स्वेटर वितरण विद्यालयमा गएर वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्यहरु टिका लक्ष्मी श्रेष्ठ, नारायण श्रेष्ठ, विन्देश चौधरी, युवा संगठन सुनसरीका प्रकास दाहाल, समाजसेवी दिलु राई, स्वास्थ्य कर्मचारी राम रोहित ठाकुर, वडा बाल संजालका विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । बढ्दो जाडोलाई मध्यनजर गर्दै गरिव तथा दलित विद्यार्थीलाई राहत पुगोस भन्ने उद्देश्यका साथ थोरै बजेटमा भए पनि सिमित विद्यार्थीहरुको लागि कपडा वितरण गरिएको वडा नं. ३का वडाध्यक्ष राजकुमार चौधरीले बताउनुभयो । उहाँले यस पालि न्यानो कपडा वितरण कार्य शुरु गर्यौ अर्को वर्ष व्यापक रुपमा यस कार्यक्रमलार्य अगाडि बढाउने कार्यक्रममा प्रतिबद्धता प्रकट गर्नुभयो ।
वडा सदस्य टिका लक्ष्मी श्रेष्ठले वडाका ३ विद्यालय तथा ३ वटा बाल विकासमा स्वेटर वितरण गर्ने जनाउदै आज दुई वटा विद्यालय जनता मावि सिंगिया र जनजागृति प्रावि पिप्राहिमा वितरण गरिएको र भोली पन्चायन मा.वि पिप्राहा र थप बाल विकासहरुमा वितरण गर्ने बताउदै जम्मा १०० थान स्वेटर वितरण गर्ने जानकारी दिनुभयो ।
स्वेटर वितरण कार्यक्रममा सहभागी विद्यालय जनता माविका प्रधानाध्यापक धनिकलाल मेहता तथा जनजागृति प्राविका प्र.अ. याद बहादुर कार्कीले वडा लाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै विद्यार्थीलाई प्रोत्साहनका लागि वडाले थप कार्यक्रमहरु ल्याउनुपर्ने तथा विद्यालय छोड्ने विद्यार्थीका लागि विशेष कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।