झुम्का, नविन कुमार चौधरी, पुस १४
रामधुनी ९मा रहेको सितपुर मूलबाटो पक्कि नाला निर्माण उपभोक्ता समितिले सोमबार एक कार्यक्रमको आयोजना गरी वार्ड कार्यालयलाई निर्माण सम्पन्न गरी नाला हस्तान्तरण गरेको छ । सो समितिकी कोषाध्याक्ष लक्ष्मी कुमारी चौधरीले वडाध्यक्ष घनश्याम चौधरीलाई पक्कि नाला निर्माण सम्पन्न गरेको प्रमाण–पत्र हस्तान्तरण गरेकी थिइन् । साथै नगरपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेकोले समिति सम्मानित भएको प्रमाण पत्र समेत जेष्ठ सदस्य लिलानाथ दाहाल र चैतुचौधरीले वडाध्यक्ष चौधरीलाई हस्तान्त्रण गरेका थिए ।


२४ लाखको बजेटमा ३७८ मिटर सम्पन्न गर्नुपर्ने नाला स्थानिय बासीहरुको उत्साह, लगाव र आर्थिक सहयोगले २६ लाख १६ हजार ४१९ रुपैंया जुटाउन सफल भई टार्गेट भन्दा १५९ मिटर थप नाला निर्माण गर्न सफल भएको समितिका अध्यक्ष विश्व कार्कीले जानकारी दिनुभायो । उहाँले आफु उपभोक्ता समितिमा अध्यक्ष भएर काम गर्दा खर्चको हिसावले ठेक्केदारले गरेको काम भन्दा उपभोक्ता समितिले आफ्नो काम ठानेर भरपर्दौ ढंगबाट सम्पन्न गर्ने कुरा महसुस गरेको भन्दै नाला निर्माण पश्चात ३ महिलाको परिक्षण अवधि समेत राखेर भरपर्दो नाला निर्माण भएको सावित गरिएको बताउदै नगरपालिकाले समेत उत्कृष्ट समिति भनेर सम्मान गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा रामधुनी नपाका नगर प्रमुख जयप्रकास चौधरीले समितिले गरेको कामको उत्कृष्ट मुल्याङ्कन गर्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा उहाँले नगरको बजेट वडा तहमा विनियोजन गरेर धेरैकुरा सिक्न पाएको बताउदै नगरले शिक्षा, स्वास्थ्य, सुशाशन र सुरक्षाको विषयमा सजग रहेको र शिक्षा क्षेत्रमा प्राविधिक शिक्षाको थालनी, प्रत्येक वडामा स्वास्थ्य संस्था, सुरक्षाका निम्ति प्रहरी चौकी स्थापनाको पहल भइरहेको जानकारी दिनुभयो । उहाँले नगर स्तरिय बजेटका साथै प्रदेश र केन्द्रिय बजेट लाई सदुपयोग गर्ने लक्ष्यका साथ ९ नं. वडाको सितपुर पोखरी देखी इनरुवा सम्मको बाटोलाई पिच बनाउने योजना रहेको जानकारी दिनुभयो । साथै गर्भवति महिला सुरक्षा कार्यक्रम अन्र्तगत सुरक्षा भत्ता कार्यक्रम नगरव्यपीरुपमा र वडा नंं. ६, ७, ८ र ९ को लागि नवजात शिशु सुरक्षा कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो ।


वडाध्यक्ष घनश्याम चौधरीले सितपुर पक्की नाला निर्माण समितिले योजना भन्दा पनि थप कार्य सम्पादन गरी अरु वडाको लागि पनि उदाहरणीय काम गरेको बताउदै विकासका कामहरु निरन्तररुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले वडा नं. ९को बाटो सम्बन्धमा मुख्यमन्त्रि ग्रामिण परियोजना अन्तर्गतको महेन्द्रचौक देखी भलवाही हुदै वडा नं. ८ र २ लाई जोड्ने गरी झुम्का सम्म जोड्ने योजना रहेको समेत कार्यक्रममा जानकारी दिनुभयो ।
निर्माण समितिमा काम गरेका बलबहादुर कार्की, दिल प्रसाद अधिकारी, अनुपलाल चौधरी, कानन चौधरी, जानकी देवी चौधरी, लक्ष्मी दाहाल, दशन सदा, चन्द्री बस्नेत, मानबहादुर बराल लगाएत २३ जनालाई पुरुस्कार स्वरुप बेल्चा र आह्री प्रदान गरी सम्मान गरेका थिए । समितिले सल्लाहकार सदस्य तथा समितिका पदाधिकारीहरुलाई समेत वडाध्यक्ष चौधरीबाट सम्मान स्वरुप क्याप लगाइदिएका थिए ।
उपभोक्ता समितिका सचिव मिन बहादुर कार्कीले समितिको हर हिसाव प्रस्तुत गरेका थिए । कार्कीले २४ लाखको बजेटलाई नगरपालिका कर तिरिसकेर पनि २६ लाख १६ हजारको कार्य कसरी सम्पन्न भएको सो विषयमा समेत आयव्यय विवरण पारदर्शीरुपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिबासी जनजाती पत्रकार महासंघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी, नेका वडा ९ अध्यक्ष पुष्पलाल चौधरी, भूमीहीन सुकुम्बासी समितिका अध्यक्ष हेमराज कार्की लगाएतले निर्माण समितिले गरेको पारदर्शि कामको उत्कृष्ट ठहर गर्दै सरहना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen