झुम्का, नविन कुमार चौधरी, पुस ६
नेपाल आदिबासी जनजाति महासँघ रामधुनी वडा नं. ३ वडा कार्य समितिको आयोजनामा वडा कार्यालय ३ को सभाहलमा आइतबारबाट ३ दिने माइन्यूट लेखन तथा उदघोषण तालिम सुरु भएको छ । संस्थाका अध्यक्ष सुरेश चौधरीको सभापतित्व तथा रामधुनी नपा वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम औपचारिकरुपमा उदघाटन गरिएको हो ।


३ नं. वडाध्यक्ष चौधरीले तालिमका सहभागिहरुलाई तालिमको औचित्यता प्रस्टपार्दै आदिबासी जनजातिको व्यवहारिक विशेषतालाई समृद्ध र सवल बनाउन संघले ल्याएको प्रस्तावलाई वडाले अंगिकार गरी नेतृत्व पंतिमा ल्याउने भएको तर्क प्रस्तुत गर्नुभयो । तिन दिने तालिमको भरपुर फाइदा लिई नगरविकासमा महिलाहरुको सहभागिता तथा अग्रतामा सवलिकरणहुने विश्वासका साथ उहाँले तालिमको सफलताको कामना गर्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार समेत रहनुभएका मायाराम चौधरीले २०५३ साल भन्दा अगाडि आदिवासी जनजातिको कुनैपनि संगठन नभएको र राज्यले हरेक क्षेत्रमा विभेद पूर्ण व्यवहार गर्ने आदिबासीलाई सानो गल्तिको ठूलो सजाय दिने जानकारी दिनुभयो । राज्यको विभेदबाट प्रभावित भएर आदिबासी जनजाति महासंघको गठन भई हाल आदिबासीको हक हित र अधिकारका लागि विभिन्न मुद्दा लिएर अगाडि बढिरहेको जानकारी दिनुभयो
हल आदिबासी जनजातिको लागि समितिले भवन निमर्नाणको कार्य पनि थालिसकेको सचिव डम्बर बहादुर राईले जानकारी दिनुभयो । भवनको लागि रामधुनी नपाले २ लाख ५० हजार र रामधुनी वडा नं. ३ वडाकार्यालयले १ लाख ५० हजार सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।
तलिमको पहिलो दिन आज माइन्यूटिङ लेखनको प्रशिक्षण गराइएको थियो । सोमबार र मंगलबार उदघोषण तालिम दिइने छ । पशिक्षणमा रेडियो रामधुनीले सहकार्य गरेको थियो । औपचारिक कार्यक्रम संघका सचिव डम्बर बहादुर राईले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen