झुम्का, नविन कुमार चौधरी, मंसिर २६

रामधुनी नपा कै वडा नं. २ ले योजनाका कार्यहरु टोलविकास संस्थाको जिम्मेबारीमा सम्पन्न गरिरहेको वडाध्यक्ष रामनारायण चौधरीले वालविकास, महिला विकास, खेलकुद तथा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु अगाडि बढाएको जानकारी दिनुभयो ।
सामाजिक विकास तर्फ विद्यालयको घेराबेरा, कलभर्ट निर्माण तथा एजुम वाल (सडक नाला) निर्माण कार्य भइरहेको छ । वडा नं. २ मा जम्मा २२ वटा टोल विकास संस्थाहरुले सक्रिय रुपले उपभोक्ता समिति मार्फत योजनाहरु सम्पन्न गरिरहेका छन् । कुम्याही, धमौरी र तित्रिवन उपभोक्ता समितिको योजना सम्पन्न भइसकेको र अन्य समितिको सम्झौता कार्य भइरहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷०७६ को चैत्र सम्ममै बालमैत्री घोषणा गर्न सफल वडाले अहिले पनि दिगो वालविकासका लागि विभिन्न कार्यक्रमहरु गरिदै आइरहेको जानकारी दिनुभयो । वालबालिकाको उत्प्रेरणालाई बढावा दिन प्रत्येक बाल समुहलाई टि सर्ट वितरण गरी चेतनामुलक कार्यक्रमहरु गरिदै आइरहेको जनाएको छ ।
खेलकुद विकास तर्फ वडाले यसै वर्ष २ वटा फुटवल टुर्नामेन्ट कुम्याहीको जनचेतना युवा क्लवद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिता र शिवनगर फुटवल क्लवद्वारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न गरेको छ । वडाले जनचेतना युवा क्लवलार्य ४० हजार र शिव नगर फुटवल क्लवलार्य २० हजार रकम उपलब्ध गराएको थियो । त्यसैगरी नगरपालिकाले लिएको लैंगिक हिंसा विरुद्धको अभियान लाई वडा नं. २ले पनि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । भने आदिबासी जनजातिको विकासका लागि तराई मधेश आदिबासी जनजाति संग्राहालय निर्माण कार्य सम्पन्न गरेको छ । संग्राहालयमा थारु, मुसहर, बाँतर समुदायका पौराणिक सामान तथा बाद्यबादनका सामाग्रीहरु सुरक्षितसाथ राखिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen