झुम्का, नविन कुमार चौधरी, मंसिर २६
रामधुनी नगरपालिकाले लिएको बालमैत्री अभियानलाई सार्थकता दिनका निम्ति विभिन्न वडाले द्रुत गतिमा बालमैत्री घोषणाका सूचकहरु पूरागर्ने क्रममा वडा नं. ८ले बालमैत्री स्थानिय शासन आवधिक लगानि योजना निर्माण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । साथै उक्त अभियानलाई सार्थकता दिन वडा नं. ८ले स्वास्थ्य स्वयम् सेविका मार्फत सूचक मापनकोलागि तथ्याङ्क संकलन कार्यलाई अघि सारेको छ । विशेष गरी बाल मैत्री सम्बन्धि सूचकहरुको बारेमा जानकारीका लागि प्रत्येक घरघरमा सूचकको जानकारी दिई बाल विवाह, बाल श्रम विरुद्ध घरघरमा सुचना टाँस गरिरहेको जनाएको छ । त्यसैगरी विद्यालय, कार्यालय, सार्वजनिक स्थललाई धुम्रपान, मद्यपान निषेधित क्षेत्र सूचना टाँस, प्रत्येक पसलमा ध्रुम्रपान मद्यपान बेच्ने गरेको छ छैन, डाटा संकलन गरी पसलेहरुको सामुहिक भेला गरी १८ वर्ष मूनीका बालबालिका, गर्भवत्ति महिलालाई बेच्न नमिल्ने सूचना वडा कार्यालयले पसलहरुमा टाँस गरिसकेको जानकारी वडाका प्राविधिक महेश रेग्मीले दिए ।
योजना तर्फ रामधुनी नगरपालिका वडा नं. ८ को विभिन्न योजनाको उपभोक्ता समिति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । २ वटा उपभोक्ता समिति सँग सम्झौता भइसकेको छ भने एउटा सिमिति सँग सम्झौताको क्रममा रहेको रेग्मी ले जानकारी दिनुभयो । रामधुनी नगरपालिकाको लैगिक हिंसा विरुद्धको अभियानलाई आत्मसात गर्दै वडाले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी मंसिर ३० गते वडाले विपद व्यवस्थापनको लागि लगानी योजना निर्माण गरिने समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen