झुम्का, नविन कुमार चौधरी, मंसिर २५
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ र ९ जोड्ने पुत्तोधारा खोलामा मल्टिस्पाङ्ग स्टिल ट्रस झुलुङ्गे पुल बन्ने भएको छ । परिवर्तन नेपाल र रामधुनी नगरपालिकाको पहलमा ४८ लाख ६६ हजार ५४० रुपैंया ८१ पैसा बराबरको बजेटमा निर्माण हुन लागेको सो पुलको आज रामधुनी नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सिलान्यास गरिएको छ ।


४८ मिटर लम्बाई र १.५ मिटर चौडाईको उक्त पुत्तोधारा खोलामा झोलुङ्गे पुल निर्माण उपभोक्ता समिति द्वारा कार्य सम्पन्न गर्ने जिम्मेबारी दिइएको छ । सो समितिमा अध्यक्ष अशोक कुमार चौधरी, सचिव गणेश पौडेल, कोषाध्यक्ष रामबती मलाहा लगायत ९ सदसिय समिति निर्माण गरिएको छ । परिवर्तन नेपालका अध्यक्ष बलबहादुर बस्नेतको प्रमुख भुमिकामा वडा नंं. २, ८ र ९ को संयुक्त पहल तथा रामधुनी नपाको समन्वयमा ७ वटा पुलको योजना माग गर्दा २ वटा केन्द्र झोलुङ्गे पुल पारिएको हो ।
पुलको अभावमा गरिव तथा विपन्न समुदायको परिवारहरुमा विरामी, गर्भवती, सुत्केरी अवस्थामा असुवीधा हुने भएकोले सो लार्य मध्य नजर गरी ७ वटा पुलको योजनामा पेश गर्दा रामधुनी वडा नं. २ को दत्तकिचा खोलाको फलामे पुल र यो पुल गरि २ वटा पुल प्राप्त भएको जानकारी दिनुभायो । उहाँले यस पुल निर्माणमा केन्द्रको बजेट ९२ प्रतिशत, नगरपालिकाको बजेट ६ प्रतिशत र स्थानिय श्रमदान बाट २ प्रतिशत बजेटमा पुल निर्माण हुने जानकारी दिनुभयो ।
सिलान्यास कार्यक्रमका अध्यक्ष रामधुनी नपा वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरीले त्यस ठाउँमा अवस्थित पिछडा तथा विपन्न समुदायका परिवारको सहजताको लागि तथा वडा नं. ८ र ९ लाई जोडी ४ हजार भन्दा बढी मानिसहरुलाई सदरमुकाम ईनरुवा र रामधुनी हुँदै धरान विराटनगर सम्म जोड्ने बताउनुभयो । २ वर्षे योजना भए पनि आगामी आसार मसान्त सम्ममा काम पुरा गर्ने उहाँले बताउनुभयो ।


रामधुनी नगरपालिकाले विकासको क्रमलाई तिब्रता दिइरहेको रामधुनी नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिनुभयो । विकासको क्रममा प्रत्येक वडामा उपभोक्ता समिति मार्फत सम्झौता गरी भौतिक निर्माणका काम, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई सम्बन्धि कामहरु अगाडि बढाइरहेको र विभिन्न संघ संस्था हरुसँग समन्वय गरी युवा लक्षित तथा महिला लक्षित शिप विकासका तालिमहरु प्रदान गरिरहेको सो सिलान्यास कार्यक्रममा जानकारी दिनुभयो ।
रामधुनी नपाको वडा नं. २मा अवस्थित झोलुङ्गे पुलको सिलान्यास भर्खरै मंसिर १० गते मंगलबार वडा नं. २का वडाध्यक्ष रामनारायण चौधरीको अध्यक्षतामा नगर प्रमुखकै हाथबाट शिलान्यास गरिएको थियो । सो पुल निर्माण उपभोक्ता समिति समाजसेवी शंकरलाल चौधरीको अध्यक्षतामा गठनभई कार्य पुरा गरिने वडा नं. २ श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen