झुम्का, नविन कुमार चौधरी, मंसिर २३

समानताको पुस्ता बलात्कार विरुद्धको एैक्यवद्धता भन्ने मूख्य नाराका साथ रामधुनी नगरपालिकाले वडास्तरिय १६ दिवसिय अभियान सञ्चालन गरेको छ ।


बलाचतुर्दशीको दिन रामधुनी मन्दिर परिसरबाट सुरुवात गरिएको सो अभियान नगरपालिकाले प्रत्येक वडामा महिलाहरुलाई लक्षितगरी लैंगिक हिंसा विरुद्धको अभियानलाई तिव्ररुपमा अगाडि बढाई अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेको छ । यसैक्रममा रामधुनी नगरपालिकाको समन्वय तथा रामधुनी नपा वडा नं. ९ कार्यालय र जनसचेतना यूवा महिला किशोरी संस्थाको संयूक्त आयोजनेकोामा शनिश्चरेमाविसँगै रहेको सामुदायिक भवनमा मंसिर २२ गते आइतबार वडाका महिलाहरु लाई सहभागि गराई अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमलाइ प्लान इन्टरनेशनल र यूथक्रिएसन सुनसरीले सहकार्य गरेको थियो । छोरी बुहारी, आमा साँसु तथा हजुरआमा तिनै पुस्ताको सहभागिता रहेको सो कार्यक्रममा लैंगिक हिंसा कसरी हुन्छ, को बाट हुन्छ र यसको अन्त्य कसरी गर्ने भन्ने विषयमा नगरपालिकाको तर्फबाट महिला तथा बालबालिका शाखा प्रमुख मोना श्री आचार्य तथा इलका प्रहरी कार्यालायका महिला सेल प्रमुख तथा प्रहरी नायव उपरिक्षक विनु बस्नेतले सहजीकरण गरेका थिए ।
कुनैपनि परिवारमा लैंगिक हिंसा महिला, पुरुष, बालबालिका, जेष्ठनागरिक सबैमा हुने गरेको प्रष्ट पार्दै खाश गरी महिला तथा केटी मानिसले लैंगिक हिंसाको सिकार बढी हुने गरेको र यस्ता हिंसा महिलालाई पुरुष वा महिलाले पनि गर्ने भएकोले सचेतनाको लागि अभिमुखीकरण कार्यक्रम गरिएको नगर उपप्रमुख सविना चौधरीले बताउनुभयो । उहाँले लैंगिक हिंसालाई कतिपय मानिसले अप्ठारो मानेर वा महिलाले सहनैपर्छ भन्ने धारणाको कारणले हिंसा सहेर बस्ने भएकोले त्यो अपराधकोरुपमा परिणत भएकोले यसलाई निर्मुल गर्न आफैं सजग रहनुपर्ने बताउनुभयो ।


लैंगिक हिंसा भन्नाले छोरा छोरीमा भेदभाव, साँसूले बुहारीलाई गर्ने भेदभाव, महिला वा पुरुषलाई महत्वपूण निर्णयमा सहभागी नगराइ निर्णय थोपर्नु, जस्ता सामान्य कुरा देखी लिएर यौनिक हिँसा, शारिरिक तथा मानसिक यातना, सामाजिक रुपमा अपहेलना, साँस्कृतिक रुपमा अपहेलना, रुढिवादी परम्परामा आश्रित रही अबलामाथि दुरव्यवहार सम्मको कुरा समेटिएको हुँदा यसबाट बच्नको लागि आफु घर परिवारमा राम्रो वातावरणमा बस्नु र त्यसतो हिंसात्मक अवस्थाको भान भएमा त्यसबाट बच्न विभिन्न संघ संस्था, संबन्धित निकाय, ठूलाबडा, जान्ने बुझ्ने व्यक्ति सँग सरसल्लाह गर्ने सम्मको पहल गर्नुपर्दछ भन्ने विषयमा वृहत अभिमूखीकरण गरिएको थियो ।
कार्यक्रम रामधुनी नपा वडा नं. ९का वडाध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । सभापति चौधरीले लैंगिक हिँसालाई समाजबाट अन्त्यगर्न वडाका शिक्षीत जिम्मेबार तथा संघ संस्थामा आबद्ध महिलाहरुलाई उपस्थित गराई सरसमाजमा साकारात्मक रुपमा प्रचार प्रसार गरी अभियानलाई सफल बनाउने उद्देश्य रहेको बताउदै वडाबासीको विकासको निम्ति नागरिक सचेतनाको आवश्यकता रहेको र सोही मध्येको एक यो कार्यक्रम भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen