झुम्का, नविन कुमार चौधरी, मंसिर १९,
लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेशनल र नेत्र ज्योती संघ विराटनगरको आयोजनामा शनिश्चरे मावि डुम्राहाको प्राङ्गणमा बुधबार एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १०० भन्दा बढी मनिसहरुले आँखा जाँच गराएकोमा २३ जना मोतियाविन्दुको विरामी फेला परेको थियो ।
रामधुनी वडा नं. ९ को आर्थिक सहयोग तथा नेत्र ज्योती संघ विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न सो शिविरमा मोतिया विन्दुको समस्या भएकालाई बुधबारै अपरेशनको लागि आँखा अस्पतालमा पठाइएको छ । साथै अन्य विरामीहरुलाई सहुलियत दरमा औषधि तथा चस्मा उपलब्ध गरिएको थियो ।
वडामा आँखाको समस्याबाट कोही पनि पिडित नहोस भन्ने उद्देश्यका साथ शिविरको आयोजना बेलाबेलामा गर्दै आइरहेको ९ नं. वडाध्यक्ष घनश्याम चौधरीले बताउनुभयो ।


साथै बुधबारकै दिन लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेशनलकै आयोजनामा सरसफाइ सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न भएको थियो । डा. बालकृष्ण शाहको अध्यक्षता तथा लायन्स क्लब विराटनगरका क्षेत्रिय प्रमुख रमेश खत्रीको प्रमुख आतिथ्यतामा स्वस्थ रहन अपनाउनुपर्ने उपायहरुको बारेमा जानकारी गराई प्रयोगात्मक सिकाइहरु गरिएको थियो । सिकाइहरुमा विद्यालयका विद्यार्थी बालबालिकाहरुलाई साबुन पानीले हाथ धुने तरिका, दाँत ब्रस गर्ने तरिका व्यवहारिकरुपले सिकाइएको थियो । त्यसैगरी क्यानसर सम्बन्धि सचेतना,
८ कक्षा भन्दा माथिका छात्राहरुलाई महिनाबारी हुने भएकोले त्यस अवस्थामा अपनाउनुपर्ने साबधानी, सरसफाइका उपायहरु तथा साधनहरु प्रयोग गर्ने तरिकाहरुको बारेमा महिनावारी स्वास्थ्य सचेतना समेत गरिएको थियो । त्यसैगरी  शिक्षकहरुलाई सम्मान कार्यक्रम बृद्ध महिलाहरुलाई कम्मल वितरण, मधुमेह परिक्षण उच्चरक्तचाप स्क्रिनिङ पनि गरिएको थियो ।


सम्पन्न सो कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको लागि स्टेशनरी सामान, खेलकुदका सामाग्री तथा टोपी समेत प्रदान गरिएको थियो । विद्यालयमा जम्मा ३०० जना विद्यार्थीहरु अध्ययनरत रहेको शनिश्चरे माविका प्र.अ.अशोक रेग्मीले जानकारी दिनुभयो । सामाग्री कार्यक्रमका अध्यक्ष डा. बालकृष्ण शाहले प्र.अ. अशोक रेग्मीलाई हस्तान्त्रण गरेको थियो । समाचारको जानकारी स्थानिय भागवत ठाकुरले दिएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen