झुम्का, नविन कुमार चौधरी, मंसिर १४,
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जरमा अवस्थित कोमल साना किसान कृषि सहकारी संस्था लि.को सातौ वार्षिक साधारण सभामा उत्कृष्ट समुह तथा संस्थापक संचालक सदस्यहरुलाई सम्मान गरिएको छ ।


उत्कृष्ट समुहमा ठुटे चौक अन्तरसमुहका सुनिता राजधामीलाई सम्मान गरिएको छ भने पूर्व प्रवन्धक यसोदा कट्टेल कर्मठ कर्मचारीको रुपमा सम्मानित गरिएको छ । त्यसैगरी संचालक समितिका उपाध्यक्ष घनश्याम दाहाल, सदस्य सिता कार्की, सन्जु धामी, विर्णवहादुर वस्नेत, तुलसा कोइराला, सर्मिला कार्की, चन्द्रमाया थापालाई सम्मान गरिएको हो । संस्था स्थापना कालदेखी हालसम्मको लगन र मेहनतको नतिजा स्वरुप संस्थाले १३ सय ८६ सदस्य बनाउन सफल भएको र सदस्यहरुलाई विभिन्न ऋण सुविधा उपलब्ध गराई आर्थिक समृद्धि सम्भव भएकोले सोको कदर सहित सम्मान गरएको संस्थाका वर्तमान प्रबन्धक प्रकास खडकाले बताउनुभायो ।


संस्थाका अध्यक्ष पदम बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सो सभामा राष्ट्रिय सहकारी वैंक लि. समन्वय समिति धरानका सदस्य सुरेन्द्रमणी पौडेल प्रमुख अतिथि तथा सानाकिसान वैंक लि. इटहरी सहप्रबन्धक जिवन सुवेदी विशेष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा संस्थाका प्रबन्धक प्रकास खडकाले आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने आ.व. २०७६÷०७७ को भावि कार्ययोजना तथा आय व्यय विवरण प्रस्तुत गरिएको थियो । संस्थाले आ.व. २०७५÷०७६ मा शेयरपूजी ७६ लाख ७४ हजार पुर्याएको छ भने बचत २ करोड १९ लाख ३८ हजार पुर्याउन सफल भएको छ । लगानी तर्फ संस्थाले ४ करोड २३ लाख ९ हजार रहेको छ ।
सम्मानित अन्तर समुह १० का अध्यक्ष सुनिता राजधामीले सम्मान पाएकोमा खुशी व्यक्त गर्दै संस्थाले व्यापार, कृषि तथा पशुपालनमा सुलभ ऋण उपलब्ध गराइरहेको र आफुहरु निर्धक्कका साथ कारोबार अगाडि बढाइरहेको जानकारी दिइन् । संस्थाले विना धितो ८० हजार र धितोमा ७ लाख सम्म ऋण उपलब्ध गराइरहेको उनी जानकारी दिइन ।
त्यसैगरी संस्थाका प्रबन्धक प्रकास खडकाले ऋणको सुरक्षणको लागि सिटिजन लाइफ इन्सुरेन्स कम्पनी सँग जोखिम बहनको प्रतिबद्धता कायमगरी ऋणको जोखिम नभएकोले सदस्हरुले लाभ प्राप्त गरेको जानकारी दिदैं साविक भरौल गाविसका प्रत्येक घरका मासिललाई सदस्य बनाइ सेवा दिने लक्ष्य यस संस्थाको रहेको जानकारी दिनुभायो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen