झुम्का, नविन कुमार चौधरी,
“सुखि नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार” भन्ने नाराका साथ रामधुनी नपाले अन्तराष्ट्रिय बालदिवस को अवसरमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जेष्ठ नागरिक सरोकार समुहको भवनमा नगरपालिकाको आयोजनामा भएको बाल अधिकार संरक्षणका लागि, बालमैत्री स्थानिय शासन पद्धती विषयक अन्तरक्रिया कार्यक्रममा हालसम्मको बालमैत्री अभियानले प्राप्त गरेको उन्नति प्रगति तथा गतिविधीको सम्बन्धमा राष्ट्रिय बालमैत्री स्थानिय शासन सहजकर्ता एवं प्रशिक्षक विष्णु प्रसाद चतुरबेदीले कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा उल्लेखित तत्व र विषयबस्तुमाथि सहभागि अतिथि, अभियानता, शिक्षक, तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुले टिप्पनी गरेका थिए ।
बालमैत्री सहजकर्ता चोवेले रामधुनी नगरपालिकाले चलाएको अभियानलाई पूर्णता दिन प्रत्येक वडामा बालअधिकार संरक्षणका लागि बासंविसका क्षेत्रलाई वृहत्तरुपमा अध्ययन र अनुगमन गरी नौं वटै वडालाई बालमैत्री वातावरण यूक्त बनाउने कुरामा प्रतिबद्ध रहेको जनाउनुभएको थियो । विभिन्न वडाले बालमैत्री स्थानिय शासनको स्थापनाका लागि ३९ जोड १ (४०) सुचक पूरा गर्नकोलागि गाउँ, टोल, शिक्षण संस्था, तथा संस्थागत विद्यालयमा बालक्लव गठन गरी कार्यक्रमलाई तिव्ररुपमा अगाडि बढाएको र नगरले बालमैत्री वातावरण तथा बालअधिकार युक्त घोषणाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी गराउनुभयो । उक्त कार्यको लागि विभिन्न संघ संस्था तथा शिक्षक, जनप्रतिनिधि तथा सबैभन्दा प्रमुख भूमिका बालबालिकाको रहेको कार्यपत्रमा प्रस्तुत गरिएको थियो । तथापि नगरमा बाल अधिकार सुनिश्चितताको लागि धेरै कुराको अभावरहेको र राष्ट्रमा अझैपनि गर्भबति महिला सुरक्षीत नरहेको र यो अवस्था रहुञ्जेल बाल अधिकार पूर्णरुपमा स्थापित हुन नसक्ने अभियान्ता समेत रहनुभएको शिक्षक विमल गुरागाईले टिप्पनी गरेका थिए । टिप्पनी गर्नेमा सेभ द अर्थका पुष्प भट्टराइ, आदर्श माविका पूर्व प्र.अ. शारदा कार्की लगाएतले कार्यपत्रमाथी टिप्पनी गरेका थिए ।