झुम्का, नविन कुमार चौधरी,
रामधुनी नगरपालिकाले लिएको बलमैत्री स्थानिय शासन पद्धती स्थापनाको लक्ष्य प्राप्तीका लागि विभिन्न वडामा बालबालिकाको आवधिक लगानी योजना गोष्ठी आज वडा नं. ८मा सम्पन्न भएको छ ।
बालमैत्री वातावरण स्थापनाको लागि सेवा प्रदायक सूचक २७ वटा र संस्थागत सूचक १२ वटा गरी ३९ सूचक पूरा हुनुपर्ने हुन्छ । रामधुनी नगरपालिकाले बालबालिकाले आयोडिन यूक्त नुन खाएको हुनुपर्ने एक सूचक थपेर जम्मा ४० वटा सूचक तय गरेको छ । सेवा प्रवाह सूचकमा बाल अधिकारका ४ क्षेत्र रहेका छन् । जस अन्तर्गत बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता पर्दछन । यस अन्तर्गत पनि बाल बचाउमा ११, बाल संरक्षणमा ५, बाल विकासमा ६ र बाल सहभागितामा ६ सूचक गरी २८ सूचक रहेको छ भने संस्थागत तर्फ १२ सूचक गरी जम्मा ४० सूचक पूरा भएको हुनुपर्नेछ । सोही सूचक पूरा भएनभएको परिक्षणस्वरुप नगरले प्रत्येक वडामा गोष्ठी सञ्चालन गरेको पाईन्छ । यसै क्रममा वडा नं. ८ले पनि ३ दिने बालबालिकाको आवधिक लगानी योजना सम्बन्धि गोष्ठी सम्पन्न गरेको छ ।
वडा नं. ८का वडाध्यक्ष रुद्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा वडाका जनप्रतिनिधिहरु, सार्वजनिक तथा संस्थागत विद्यालयका शिक्षक तथा प्रधानाध्यपकहरु, संघ संस्थाका प्रतिनिधिहरु, स्वयम शेविका, स्वास्थ्य निकायका प्रतिनिधीहरु लगाएत बालबालिका र सरोकारवाला नगरबासीहरुको सहभागिता रहेको थियो । वडाले वालमैत्री स्थानिय शासन पद्धती निर्माणमा विद्यालय, अभिभावक तथा जनप्रतिनिधिले कस्तो कृयाकलाप सम्पन्न गरेका छन र कस्ता कृयाकलाप गर्न बाकी छन ? यदी बाकी छन भने ती ४० वटै सूचक प्राप्त गर्न कस्तो उपाय तथा बाटाहरु अबलम्बन गर्न सकिन्छ भन्ने उपायहरुको पहिचान गरी बालमैत्री अभियानलाई पूर्णता दिन सो गोष्ठी गरिएको हो । गोष्ठी राष्ट्रिय प्रशिक्षक विष्णु चतुरवेदीले दिनुभएको थियो । कार्यक्रमको बारेमा डुम्राहा निवासी भागवत ठाकुरले जानकारी दिएका हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen