झुम्का, नविन कुमार चौधरी,
व्यवसायिक कृषि पर्यटन र उद्यम सहितको सहर, स्वास्थ, सु–संस्कृत र प्रविधिमा आधारित समृद्ध नगर भन्ने मुख्य नाराका साथ रामधुनी नगरपालिकाको आयोजना तथा मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट इन्सटिच्यूट प्रा.लि को सहकार्यमा बुधबार यूवा उद्यमशिलता तथा रोजगार मेला सम्पन्न भएको छ ।

प्रमुख आतिथि नेकपाका प्रदेश १ संयोजक भिम आचार्यले मेलाको उदघाटन गर्नुभएको थियो । उहाँले यस मेलाले यूवा तथा उद्यमीलाई आत्मनिर्भर भएर बाँच्नका लागि उत्प्रेरित गर्ने बताउदै रामधुनी नगरले आयोजना गरेको मेला प्रति आभार व्यक्त गर्नुभयो ।
नगर प्रमुख जय प्रकास चौधरीले नगरको समृद्धि यूवा स्वरोजगारमा निर्भर रहेकोले यो मेला आयोजना गरिएको तथा यस रोजगार कार्यक्रमलाई साकार गर्न मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट इन्सटिच्यूट प्रा.लि. ले ठूलो भूमिका निर्वाह गरेको बताउदै इन्सटिच्यूटलाई धन्यबाद दिनुभयो । सो इन्सिटच्यूट सँग कोइका, यूएन वुमेन, यूनेस्को नेपाल, यूएनएफपिएले सहकार्यगरि सुनसरी लगाएत ५ वटा जिल्लामा १६ दिने तथा ३२ दिने शिप विकासका तालिमहरु दिदै आइरहेको छ । सो कार्यक्रम तथा मेलामा तिनै संस्थाको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा रामधुनी नगरका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्य तथा विभिन्न विषयगत विकास संयोजक, तथा शाखा प्रमुख, मनकामनाका कार्यक्रम संयोजक, खडक धामी, सुनसरी प्रमुख गणेश दाहाल, कोइका का संयोजक इन्द्र देबकोटा, यूनेस्कोका संयोजक सत्यनारायण चौधरी लगाएत तालिम लिएका यूवा उद्यमी तथा प्रशिक्षकको सहयोगमा विभिन्न स्टलहरु राखिएको थियो ।
मेलामा सुनसरीका विभिन्न स्थानबाट सिप सिकेका महिलाहरु दिदिबहिनी तथा तालिम ट्रेनर हरुले आ–आफ्नो उत्पादनको स्टल राखेका थिए । सिपबाट आत्मनिर्भर बनाउदछ भन्ने धारणा मेलामा सहभागीहरु दिएका थिए ।
मेलामा सहभागी जलपापुरका निशा शर्माले शिपपछिको उद्यमशिलता प्रतिको खुशी व्यक्त गर्दै आफुलाई सुरुमा यस कामले आम्दानी दिन्छभन्ने कुरामा विश्वास नभएको तर मेलामा आइसकेपछि ग्राहकले राम्रो भनेर किनिदिएकोमा आफु उत्साहित भएको बताए । शिप पछिको व्यवसाय सञ्चालन गर्न कतिको सारो गारो भयो ? भन्ने प्रश्नमा उनी भन्छन् व्यवसाय सञ्चालनमा कुनै गाह्रो छैन अझ मैले आफ्नो घरका अरु सदस्यहरुलाई पनि सिकाउन पाए र मलाई झन सहयोग मिलेको बताए ।

त्यसैगरी मेलामा इस्टल राखेका अर्का उद्यमी इटहरी ५का मेघा कटुवाल र इटहरी ४ का सम्झना श्रेष्ठले शिप पछिको आत्मनिर्भरता र सन्तुष्टी पोख्दै आफुले छुटटै व्यवसाय गरेर आय आर्जन गर्दा परिवारमा पनि सम्मान पाइने र आफुले पनि कसैसँग हात पसार्नु पर्दैन भनी बताए ।
इटहरीकै अर्का उद्यमी तथा मनकामनाका ट्रेनर समेत रहनुभएका इश्वरी प्रधानले तालिमले व्यवसाय सञ्चालन गर्दा महिनाको ५० देखी ६० हजार आय आर्जन हुनेगरेको बताए ।
यस किसिमका महिला उद्यमशिलता तालिमले आत्म निर्भर बनाउदछ तर घरपरिवारको पनि साथ र सहयोग हुनु जरुरी रहन्छ साथै तालिम लिएका महिलाहरु आफैपनि आँट गर्नुपर्दछ भन्ने धारणा अर्का उद्यमी सुजिता चन्द्रबंशीको बुझाइ रहेको छ ।
मेलामा निशुल्क प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था, निशुल्क सिमकार्ड वितरण, आर्गेनिक तरकारी विक्रिवितरण, थारुको मौलिक परिकार घोङी बगिया, सिधरा, सिपि लगाएत रामधुनी रोजगार सेवा केन्द्रको तर्फबाट रोजगार फारम भरेका बेरोजगारहरुको व्यक्तिगत विवरण भर्ने कार्यक्रम पनि इस्टलको रुपमा राखिएको थियो । रोजगार सेवा केन्द्रका संयोजक खगेन्द्र सुब्बाले इस्टलमा उपलब्ध सेवाको बारेमा बताउनुहुन्छ ः