झुम्का, नविन कुमार चौधरी

रामधुनी नगर पालिका वडा नं ५ वडा कार्यालय भवन सोमबार उदघाटन गरीएको छ ।
वडा कार्यालय भवन प्रमुख आतिथ्यता ग्रहण गरेका जग्गादाता धरान १२ का बिरेन्द्र मास्केबाट उदघाटन गरिएको हो । कार्यक्रममा बिरेन्द्र मास्के तथा विशिष्ट अतिथि स्वास्थ्य चौकीकोलागि जग्गा दिने ऋषि घिमिरे लाई सम्मान समेत गरिएको थियो ।
सो अबसरमा रामधुनी नगर पालिका कार्यालयका नगर प्रमुख जयप्रकाश चौधरीले जग्गा दाताहरुलाई सम्मान गर्नु भएको हो ।
मास्केले वडा कार्यालय स्थापनाका लागि दुई कठा जग्गा र घिमिरेले आधारभूत स्वास्थ्य कार्यालय स्थापनाका लागि साढे ३१ धुर जग्गा दान गरेका हुन ।

वडा कार्यालयको भवन उपभोक्ता समिति मार्फत ४५ लाख रुपैया लागतका भवन निर्माण गरीएको बताईएको छ । निर्माण समितिका अध्यक्ष खगेन्द्र अधिकारीले नगर पालिका कार्यालयको २५ लाख र वडा कार्यालयको २० लाख गरी ४५ लाख लागत रकममा भवन निर्माण गरीएको जानकारी दिए । उनले थप २२ लाख लागत रुपैयामा कार्यालयको कम्पाउण्ड बाल, गेट, शौचालय र अन्य काम निर्माणाधिन अबस्थामा रहेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष डेगराज फुयालले जग्गादाताहरुले कार्यालयलाई निशुल्क जग्गा दान गरेकोमा धन्यबाद ज्ञापन गरे । कार्यक्रममा नगर पालिकाको उपप्रमुख सबिना चौधरी, नन्द कुमार बस्नेत, रामधुनीका शिक्षा प्रमुख राजन गेलाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, संघसंस्थाका प्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा वडाका पदाधिकारी तथा मन्तव्य दिएका अतिथिहरुले नगरपालिका भित्र कार्यालय हुँदा सेवाग्राहीलाई सास्ती हुनुकासाथै वडाका पदाधिकारीलाइ समेत बस्न अप्ठ्यारो भएको बताउदै कार्यालय बनेपछि सेवा दिन राम्रो हुने बताएका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen