झुम्का, नविन कुमार चौधरी, मंसिर १
स्थानिय तहलाई जनता प्रति जवाफदेही बनाई नगरपालिकाको विषयगत ईकाई र सो अन्तर्गतका निकायका प्रतिनिधि र सर्वसाधारण नागरिक विचको विश्वासको वातावरण सिर्जना गर्न तथा नगरपालिकाका सेवालाई पथ पारदर्शी र गुणस्तरिय बनाउने उद्देश्यले नगरले शनिबार आर्थिक वर्ष २०७६ः०७७ को पहिलो चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको वार्षिक योजना अनुसार संचालन भएका कार्यक्रमहरुको लक्ष्य, उद्देश्य, बजेट आम्दानी र यसबाट प्राप्त उपलब्धि र खर्चबारे सरोकारवालाहरु बिच आदानप्रदान गरि गरिन्छ । नगरको योजना अनुसार कार्यक्रम संचालन गर्दा देखिएका चुनौती, उपलब्धी, सिकाईलाई सर्वजनिक गरि श्रोत र साधनको सही उपयोग गर्न पृष्ठपोषण लिने दिने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको नगर का निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा प्रमुख राजन गेलालले प्रष्ट गरेका थिए । उनले नगरमा रहेको ६३ हजार ४ सय १४ जनसंख्याको माग मुद्धालाई सम्बोधन गर्दै सेवा प्रवाहमा चुस्तता ल्याउन यो सार्वजनिक सुनुवाई गरिएको जानकारी गराउदै आव २०७६ः ७७ को आय व्ययको विवरण प्रस्तुत गरेका थिए ।
त्यसैगरि नगरको आर्थिक गतिविधिको प्रतिवेदन कार्यपालिका सदस्य एवं आर्थिक विकास संयोजक लक्ष्मी चौधरी, सामाजिक परियोजना तथा सामाजिक विकासको प्रतिवेदन सामाजिकविकास संयोजक घनश्याम चौधरीले प्रस्तुत गरेका थिए । त्यसैगरि भौतिक पुर्वाधार विकास को प्रतिवेदन संयोजक डेगराज फुयालले प्रस्तुत गरेका थिए भने संस्थागत शुसाशन तथा विपद व्यवस्थापन सम्बन्धि प्रतिबेदन संयोजक रुद्र बहादुर बस्नेतले प्रस्तुत गरेका थिए ।
रेडियो रामधुनीको सहजिकरणमा सञ्चालित सो कार्यक्रममा नागरिक प्रतिवेदन तथा बहिर्गमन अभिमत रेडियो रामधुनीको तर्फबाट नविन चौधरीले प्रस्तुत गरेको थियो भने सामाजिक परिक्षणको प्रारम्भिक प्रतिबेदन साझेदारी नेपालको तर्फबाट जयकृष्ण यादवले प्रस्तुत गरि सहजीकरणमा भूमिका निर्वाह गरेको थियो ।
smart smart smart
नगरबाट प्रस्तुत चौमासिक प्रतिवेदन अनुसार नगरले सामाजिक सुरक्षा तर्फ जेष्ठनागरिक भत्तामा दलित बाहेक १ करोड ४० लाख ४० हजार, जेष्ठनागरिक भत्ता दलित तर्फ २८ लाख ४८ हजार, एकल महिला तर्फ ४३ लाख ७६ हजार, विधवा भत्ता तर्फ १ करोड ३ लाख ६० हजार, पूर्ण अपाङ्गता भत्ता तर्फ ७ लख ५६ हजार, अति अशक्त अपाङ्गता भत्ता तर्फ १० लाख ६२ हजार ४०० र बालबालिका सुरक्षा भत्ता तर्फ ६९ लाख, ९६ हजार रकम खर्च भएको देखिन्छ । त्यसै गरि आव ०७६ः०७७मा कुल प्रस्तावित आम्दानी ५० करोड, ७३ लाख रहेकोमा १४ करोड, ७८ लाख १३ हजार आम्दानी आर्जन भएको छ भने खर्च तर्फ कुल बार्षिक बजेट रु. ५० करोड ७३ लाख मध्ये ४ महिनामा ८ करोड, ७६ लाख ५६ हजार बजेट खर्च भएको छ ।
नगर प्रमुख जयप्रकास चौधरीको अध्यक्षतामा सम्पन्न सो सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीहरुले शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षा, विकास परियोजना तथा विपद व्यवस्थापन लगाएत सूचनाको हक, मेडिया, पत्रकारीताको विकासबारेमा जिज्ञासा तथा सल्लाह सुझाव पेश गरेका गिए । उक्त जिज्ञासाको सामाधानमा नगर साकारात्मक सोचका साथ अगाडि बढ्ने नगर प्रमुख जयप्रकाश चौधरीले प्रतिबद्धता व्यक्त गरेकाछन् भने विभिन्न परियोजना विकास संयोजक तथा प्रशासन को तर्फबाट नागरिकको प्रश्नको जबाफ सन्तोष जनक देखिएको छ । कार्यक्रममा प्रतिनिधिहरुको सवारी साधन प्रयोगको सम्बन्धमा, सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा, अनुमतिविना सञ्चालित निजि विद्यालयको सम्बन्धमा, विकास निर्माण सम्बन्धमा प्रश्न उठेको थियो । र यी सवालहरुमा नगरको तर्फबाट निति नियम निर्माण, पहलकदम तथा विविध पक्षमा नगर सजग रहेको बताइएको थियो ।
smart