झुम्का, नविन कुमार चौधरी, कार्तिक २७
यूनेस्को नेपाल (UNESCO NEPAL) को आयोजनामा सुनसरीको रामधुनी नगरपालिका अन्तर्गतका मेयर उपमेयर सहित जनप्रतिनिधि तथा सामुदायिक विद्यालयका शिक्षकवर्गलाई समावेश गरि गुणस्तरिय शिक्षा तथा सुरक्षित सिकाइ वातावरणका लागि दुई दिने नगरस्तरिय गोष्ठी सम्पन्न भएको छ ।


नगरका कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहोस् र शिक्षामा सबैको पहुँच पु¥याउने उद्देश्यले गोष्ठी गरिएको हो । शिक्षामा सहि लगानी र सामुदायिक विद्यालयको गुणस्तर विकासको लगि विद्यालय प्रशासन, व्यवसथापन समिति, शिक्षक अभिभावक र स्थानिय जनप्रतिनिधि एउटै टेवलमा बसेर वास्तविक समस्या पहिचान गरी अल्पकालिन तथा दिर्घकालिन योजना निर्माणको लागि सो कार्यत्रशाला आवश्यक रहेको यूनेस्को नेपाल तथा कार्यक्रमको संयोजक सत्य नारायण चौधरीले औचित्यता प्रष्ट पारेका थिए ।
शिक्षामा स्थानिय तहबाटै योजना तथा निति निर्माण गरी सुधार गर्न सकिन्छ भन्ने मान्यताका साथ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, भर्ना अभियान, शिक्षक व्यवस्थापन, शिक्षण सिकाइ क्रियाकलाप, समुदाय सँगको सम्बन्ध, अनुगमन तथा मुल्याङ्कन लगायतका विषयमा एक्सन प्लान (कार्ययोजना) को विषयमा वृहत छलफल गरिएको थियो । कार्यक्रममा सहजीकरण शिक्षा विज्ञ वसन्त कोइराला, राष्ट्रिय सञ्चारकर्मी श्रीधर पौडेल र रामधुनी नगरपालिकाका शिक्षा शाखा संयोजक राजन प्रसाद गेलालले गरेका थिए ।


कार्यशालामा उपस्थित जनप्रतिनिधी तथा शिक्षकवर्गले नेपालको शिक्षा प्रणाली तथा रुढीबादी समुदाय, संस्थागत विद्यालय र सामुदायिक विद्यालय विचको भिन्नता, तथा जनचेतना प्रमुख तत्व रहेको महशुस गर्दै यस तत्वलाई अध्ययन, अनुगमन तथा निति निर्माण गर्न सकेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई विकास गर्न सकिने जुन स्थानिय निकाय, जन समुदाय, शिक्षक अभिभावक सबैको सामुहिक प्रयासबाट सम्भब हुने नगर उपप्रमुख सविना चौधरीले बताउनुभयो ।
कोरिया इन्टरनेशनल कर्पोरेशन एजेन्सीको सहकार्य तथा रामधुनी नगरपालिकाको सहयोगमा भएको सो कार्यक्रम झुम्काको कृषि तालिम केन्द्रको भवनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen