झुम्का, नविन कुमार चौधरी, कार्तिक १७
नेपालिहरुको महान चाँड छठ पूजा तथा ब्रत सुनसरीको भुम्कामा भव्यताका साथ सम्पन्न भएको छ । रामधुनी नपामा अवस्थित चतरा नहरमा १५० घाटमा करिव ६०० जना आराध्य तथा हजारौंको संख्यामा दर्शनार्थी श्रदालुको उपस्थितिमा पूजा सम्पन्न भएको छ ।
चतुर्थीको दिन नहाय खायबाट शुरुहुने छठको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी वेलुकी ५ बजेर ३५ मिनेटमा अर्घ दिएको थियो भने आज आइतवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न भएको हो ।


यस वर्ष विहानको अर्घ दिने शुभ साइत विहान ६ बजेर १६मिनेटमा रहेको छट माता पूजा समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार भोला प्रसाद रौनियारले जानकारी गराए ।
यसपालिको छठ पर्व सुरक्षाको व्यवस्थित प्रबन्ध रहेकोले मेला शान्तपूर्वक सम्पन्न भएको र श्रदालु भक्तजनहरुको लागि रौनियार सेवा समितिले निशुल्क चियापानको आयोजना गरेको थियो ।
मैथिली समुदाय बाट उठान गरिएको या पर्व प्रति दिनदिनै विभिन्न समुदायको विश्वास बढ्दै गइरहेकोले श्रदालुहरु बढ्दै गइरहेको र यो सँगै समितिले जिम्मेबारीपूर्ण रुपमा मेला तथा घट व्यवस्थापन गरी पर्व सम्पन्न भएकोमा सम्पूर्ण नगरबासीहरुमा समितिका अध्यक्ष ध्रमेन्द्र शाहले धन्यबाद ज्ञापन गरेका छन् ।
ब्रतालुले खरनाको दिन बेलुकीको प्रसाद तथा अन्न ग्रहण सँगै दुईदिन सम्म निराहार ब्रत बस्ने गर्दछन र साक्षात दुर्गामाताको प्रतिकका रुपमा रहेकी छठी माताको पूजा आराधाना गरी भाकल अनुसार अन्नपात, सब्जी, फलफुल तथा चोखो बाँसको डालोमा राखी प्रसाद चढाउने र सूर्य भगवानलाई अर्घ दिने गरिन्छ । अर्घकोबेला राजा रंक सबै एक समान जलासय, नदिमा प्रवेश गरी बेलुकी अस्ताउदो सूर्य र विहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । यसो गरेमा घर परिवारमा सुख शान्ति, आरोग्य, एवं सन्तान हिन दम्पत्तिले सन्तान प्राप्त गर्दछ भन्ने विश्वास राखिएको छ ।


त्यसैगरी रामधुनी नगरपालिका वडा नं. ९ मा अवस्थित सितपुर नहरमा पनि स्थानियहरुले छठ पर्व सम्पन्न गरेको छ । १५ वटा घाटमा करिव ५० घर परिवारले प्रसाद चढाई पूजा सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen