झुम्का, नविन कुमार चौधरी, कार्तिक १६
नेपालको दक्षिण पश्चिम तराईमा व्यापकरुपमा मनाउदै आएको छठ पूजा प्रत्येक वर्षझै यस पटकपनि झुम्कामा भव्यताका साथ मनाउने तयारी गरिएको छ ।
चतुर्थीको दिन नहाय खायबाट शुरुहुने छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । आइतवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुनेछ ।


प्रत्येक वर्षझै यसपालिपनि सुनसरीको झुम्कामा अवस्थित चतरा नहरमा टठ पुजा मनाउने तयारी पूरा भएको झुम्का छठ माता पूजा समितिका अध्यक्ष ध्रमेन्द्र शाहले जानकारी गराएको छ । शाहले झुम्कामा गत वर्ष १२५ घाटमा करिब ५०० घरपरिवारले ब्रत उठान गरेको र प्रत्येक वर्ष २५ घाट सम्म थपहुने जानकारी गराएका छन् ।
समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार भोला प्रसाद रौनियार ले छठ पर्वमा दिनदिनै विभिन्न समुदायको विश्वास बढ्दै गइरहेकोले श्रदालुहरु बढ्दै गइरहेको र यो सँगै सुरक्षा चुनौती बढ्दै गइरहेकोले सुरक्षा निकायमा पत्र दिइएको जानकारी दिए । यसपालिको छठ पर्वको विशेष आकर्षणमा राति जागराम तथा शनिबार दिउँसो विविध कार्यक्रमहरु गर्ने जनाएको छ ।
यसका साथै सुनसरीका विविभन्न स्थानका जलासय, खोला तथा नहरमा दुहवी, इटहरी सहितका सबैजसो क्षेत्रमा छठ पूजाको तयारी गरिएको छ ।
छठको पहिलोदिन नहाय खायमा ब्रतालुले स्नानगरी जिउ चोखिने गरिन्छ र सोहि दिन देखी ब्रतालुले अरवाइन गर्ने चलन रहेको छ। झुम्कामा छठमाताको स्वागतको लागि पहिलो दिन कलशयात्रा सहित बजार परिक्रमा गरि घरमा कलश स्थापना गरियो । दोश्रो दिनलाई खरना पूजा भनिन्छ । त्यस दिन पनि विधिवत स्नान गरी गाईको गोवरले लिपपोत गरि अरुवा चामलको पिठोबाट तयार पारेको झोलले भूमी सुभोषित गरी ब्रतालुले दिनभरी निर्जला ब्रत बस्दछन र राति चन्द्रमा उदाएसँगै सख्खर हालेको खिर चढाई खरना पूजा सम्पन्न गरिन्छ र ब्रतालुले सोही प्रसाद ग्रहणगरी निर्जला ब्रत बस्दछन् । ब्रतको तेश्रो दिन ब्रत महत्वपूर्ण दिन जुन दिन अस्ताउदो सूर्यको अर्घ दिने गरिन्छ, त्यस दिन सम्पूर्ण पूजा सामाग्री तथा प्रसाद घाटमा ल्याएर छठीमाताको पूजा आरधाना गरि साँझ अस्ताउदो सूर्यको अघ्र्य दिने गरिन्छ । र पर्वको अन्तिम दिन अर्थात सप्तमी तिथिको दिन विहान उदाउँदो सूर्यको अघ्र्य दिइसकेपछि ब्रत समापन हुन्छ र ब्रतालुले अन्न ग्रहण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen