झुम्का, नविन कुमार चौधरी
झुम्का बहुउद्धेश्यीय सहकारी संस्था लि. को ३० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

बहुउद्धेश्यीय सहकारी संघ सुनसरीको अध्यक्ष सोम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो सभामा श्रेष्ठले संस्थाको विकासका लागि सहकारी मुल्य मान्यता र ऐन कानुन बमोजिम संचालन हुनुपर्ने बताउदै, बहुउद्धेश्यीय सहकारी संस्थाको हकमा ३० प्रतिशत बचत तथा ऋणको कारोवार गर्ने र ७० प्रतिशत उत्पादन, विक्रि वितरण तथा कृषि, पशुपंक्षी लगाएतका क्ष्ोत्रमा कारोवार गर्नहुने भएकोले यसको क्षेत्र वृहत रहेको बताए ।
त्यसैगरी अतिथिहरुले शुभकामना व्यक्त गर्ने क्रममा यस सहकारीको मुख्य उद्धेश्य खाद्यमल तथा विउ विजन उपलब्ध गराउने रहेता पनि सरकारको फितलो निति र मल सर्टेजको कारण समस्या झेल्नुपरिरहेको बताएका थिए । सो समस्याको सामाधानका लागि सम्पूर्ण शेयरसदस्यले संस्थाप्रति जिम्मेवारी पूर्वक ढंगले लाग्नुपर्ने आवश्यकता औल्याएको थियो ।
साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७५–०७६ को आयव्यय प्रस्तुतीका साथै भावी योजना प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन अनुसार संस्थाले आ.व. ०७५–०७६ मा रु ३ लाख ३१ हजार ७५० मूनाफा आर्जन गरेको छ । कार्यक्रममा उत्कृष्ट वचतकर्ता, ऋणी तथा सबैभन्दा बढि शेयर खरिदकर्ता शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा इटहरी १८ रहिपुरको राधा चौधरी, रामधुनी २ शिवनगरका उजरु चैधरी, रामधुनी ५ हसनपुर का लडुराम चौधरी, श्यामकुमारी चौधरी, शिव नारायण सरदार लाई औषधि छर्किने औजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।
रामधुनी नगरपालिका अगाडि रहेको जेष्ठ नागरिक भवनमा सम्पन्न भएको सो सभाको सभापतित्व संस्थाका अध्यक्ष डु नारायण चौधरीले गरेको थियो भने कार्यक्रम संचालन संयोजक दिप नारायण चौधरीले गरेका थिए ।

कारी संघ सुनसरीको अध्यक्ष सोम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो सभामा श्रेष्ठले संस्थाको विकासका लागि सहकारी मुल्य मान्यता र ऐन कानुन बमोजिम संचालन हुनुपर्ने बताउदै, बहुउद्धेश्यीय सहकारी संस्थाको हकमा ३० प्रतिशत बचत तथा ऋणको कारोवार गर्ने र ७० प्रतिशत उत्पादन, विक्रि वितरण तथा कृषि, पशुपंक्षी लगाएतका क्ष्ोत्रमा कारोवार गर्नहुने भएकोले यसको क्षेत्र वृहत रहेको बताए ।
त्यसैगरी अतिथिहरुले शुभकामना व्यक्त गर्ने क्रममा यस सहकारीको मुख्य उद्धेश्य खाद्यमल तथा विउ विजन उपलब्ध गराउने रहेता पनि सरकारको फितलो निति र मल सर्टेजको कारण समस्या झेल्नुपरिरहेको बताएका थिए । सो समस्याको सामाधानका लागि सम्पूर्ण शेयरसदस्यले संस्थाप्रति जिम्मेवारी पूर्वक ढंगले लाग्नुपर्ने आवश्यकता औल्याएको थियो ।
साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७५–०७६ को आयव्यय प्रस्तुतीका साथै भावी योजना प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन अनुसार संस्थाले आ.व. ०७५–०७६ मा रु ३ लाख ३१ हजार ७५० मूनाफा आर्जन गरेको छ । कार्यक्रममा उत्कृष्ट वचतकर्ता, ऋणी तथा सबैभन्दा बढि शेयर खरिदकर्ता शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा इटहरी १८ रहिपुरको राधा चौधरी, रामधुनी २ शिवनगरका उजरु चैधरी, रामधुनी ५ हसनपुर का लडुराम चौधरी, श्यामकुमारी चौधरी, शिव नारायण सरदार लाई औषधि छर्किने औजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।
रामधुनी नगरपालिका अगाडि रहेको जेष्ठ नागरिक भवनमा सम्पन्न भएको सो सभाको सभापतित्व संस्थाका अध्यक्ष डु नारायण चौधरीले गरेको थियो भने कार्यक्रम संचालन संयोजक दिप नारायण चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen