झुम्का, नविन कुमार चौधरी
इटहरी १७ पकली स्थित महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्रयाक्टर ठोकिएर दुर्घटनाहुँदा मोटरसाइकल चालक र पछाडि सवार एकजना घाइते भएको छ । घाइतेको इटहरी स्थित एपेक्स हस्पिटलमा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ८०२१ नम्बरको मोटरसाइकललाई पछाडिबाट सोही दिशा बाट आउदैगरेको को २ त ९६०४ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक तथा पछाडि सवार रामधुनी ३ का संजिव चौधरी र अशोक चौधरी सामान्य घाइते भएको र घाइते दुबै जनालाई इलाका प्रहरी पकलीको सहयोगमा एपेक्स हस्पिटलमा उपचारको लागि भर्ना गरिएको इप्रका पकलीका इन्सपेक्टर जितेश दाहाल ले जानकारी दिनुभयो । ट्रयाक्टर सडकको उत्तर पटिको खाल्डोमा पुगेको छ भने मोटरसाइकल क्षत्तिग्रस्त भएको छ । ट्रयाक्टर चालक भने फरार रहेको र उनको खोजिकार्य तथा दुर्घटनाको कारणको अनुसन्धान भइरहेको दाहालले जानकारी दिनुभयो । (टेलिफोन बाट जानकारी)

दुर्घटनामा क्षति ग्रस्त अवस्थाका बाइक र ट्रयाक्टर
