झुम्का, नविन कुमार चौधरी, कार्तिक १०
१२औं सुनसरी च्याम्पियन नकाउट फुटबल प्रतियोगिता २०७६ अन्तर्गत शनिवार सम्पन्न फाइनल खेलमा रामधुनी फुटवल क्लब रामधुनी ५ ले जित हासिल गरेको छ । रामधुनीले शान्तिनगर फुटबल क्लब इटहरीलाई २–० गोलको अन्तरले पराजित गरेको हो ।

   सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ कुम्याही खेलमैदानमा जनचेतना युवा क्लव द्वारा आयोजित सो खेल निकैनै प्रतिस्पर्धात्मक रहेको थियो । पहिलो हाफमा खेल ० को बराबरीमा रहेपनि दोश्रो हाफमा रामधुनी फुटवल क्लवका श्याम चौधरीले फ्रि किकमा पोल सुट प्रहार गरि गोल गर्न सफल भएका थिए । त्यसैगरि खेल समाप्तहुन करिब १० मिनेट बाँकी रहदा रामधुनीकै तर्फबाट अर्का खेलाडि जिवन चौधरीले दोश्रो गोल गरेपछि जित हाँसिल गरेका थिए । शान्तिनगर फुटवल क्लवले क्रमशः कार्तिक २ गते पन्चायन फुटवल क्लव र ७ गते सयपत्री फुटबल क्लव लाई पराजित गरि फाइनलमा प्रवेश गरेकाथिए भने रामधुनी फुटवल क्लवले क्रमशः कार्तिक ४ गते शम्भुनाथ फुटबल क्लव र ८ गते इनरुवा फुटबल क्लव लाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । 

फाइनलमा खेल अबधिभर उत्कृष्ट प्रदर्शन तथा अनुशासीत शान्तिनगर फुटबल क्लबका खेलाडि अरबिन्द राई म्यान अफ दि म्याच घोषित भएका थिए भने डिफेन्समा निकैनै राम्रो भूमिका खेल्न सफल बेस्ट डिफेनडर भिखन चौधरी, त्यसैगरी म्यान अफ दि सिरिज तथा हाई गोल स्कोरर रामधुनी युवा क्लबका खेलाडि श्याम चौधरी(३ गोल), र बेस्ट गोलकिपर रामधुनी युवा क्लबकै गोलकिपर निरज चौधरी घोषित भएका छन् ।
फाइनल खेलको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कृषी तथा पशुपंक्षी विकास राज्यमन्त्रि रामकुमारी चौधरीले जसरी खेलमा विजेता बन्न दक्षता र लगनशिलता चाहिन्छ त्यसरी नै कृषि क्षेत्रमा सिप र क्षमताले मिहनेत गरे नेपाली किसानहरुको पनि विजय सम्भव हुने बताउनुभयो । उहाँले रामधुनी नगरमा जनचेतना युवा क्लवले १२ वर्ष सम्म जसरी दक्ष खेलाडि उत्पादन गरिरहेको छ यसले हामी नेपालीको गौरवलाई थप बल पुगिरहरेको बताउदै खेलले शारिरिक र मानसिक विकासका साथै राष्ट्रको आर्थिक विकासमा समेत सहयोग पुर्याउने भएकोले आयोजक टिमलाई यसरीनै अघि बढन हौसला प्रदान गर्नुभयो ।

  विशिष्ठ अतिथि रामधुनी नपाका प्रमुख जयप्रकाश चौधरीले खेलको महत्व माथि थप प्रकास पार्दै युवा शक्तिलाई उर्जा प्रदान गर्न गराउन नगरपालिका सधै तत्पर रहेको बताउनुभाये । उहाँले रामधुनी अन्तर्गतका युवा विकास का निम्ति विभिन्न स्थानमा रहेका खेल मैदानहरुको संरक्षण तथा खेल प्रतिको लगानि वृद्धि गरिरहेको जानकारी दिनुभयो ।   

प्रथम हुने बिजेता टिम रामधुनी युवा क्लबलाई प्रमुख अतिथि रामकुमारी चौधरी तथा विशिष्ट अतिथि जयप्रकास चौधरीले संयुक्त रुपमा नगद रु ३५ हजार र दोस्रो हुने सान्तिनगरलाई नगद रु २५ हजार साथै सिल्ड मेडल तथा प्रमाणपत्र हस्तान्त्रण गर्नुभएको थियो । सो अवसरमा यस खेलमा सहयोग गर्ने व्यवसायी, विद्यालय, संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रम आयोजक जनचेतना युवा क्लवका अध्यक्ष राजकुमार चौधरीको सभापतित्वमा सम्पन्न भएकोहो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen