झुम्का ( नविन कुमार चौधरी ) ः
झुम्काको म्याजिक सिनेमा हलमा थारु कलाकार तथा सास्कृतिक संघ सुनसरीले कलाकारिता क्षेत्रमा बिकासका लागी शुभ दिपाबलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न गरेको छ ।


संस्कार संस्कृतिको धनी थारु समुदाय, विगतमा घरभित्र मात्र सिमित रहेकोमा हाल आएर कलाकारीता क्षेत्रमा सहभागिता बढदै गईरहेको छ । बिगतमा लोक गित, साँस्कृतिक गित, संस्कार, संस्कृतीमा बृद्ध मानिस मात्र सिमित रहेको यस समुदायको युवा, युवतीले अहिले आधुनिक फिल्म क्षेत्रमा समेत सहभागिता बढाउदै गईरहेको छ । थारु समुदायमा परमपरागत रुढिबादी मान्यता अनुसार बिगतमा यस क्षेत्रमा युवा युबतीहरुको सहभागिता देखिदैन् थियो । अहिले आधुनिक समाजको बिकास संगै थारु समुदायको यस क्षेत्रमा आकर्षण बढदै गईरहेको छ ।
कार्यक्रमको उदघाटन रामधुनी नगर पालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले गरेका थिए । कार्यक्रममा सहभागि वक्ताहरुले यस क्षेत्रबाट समाजमा भएका घटनालाई आधार बनाई संदेश दिने भएकोले कलाकारीता क्षेत्र महत्वपुर्ण रहेको बताए । कार्यक्रममा कलाकार प्रर्शुराम चौधरी, रामधुनी ९ का वडा अध्यक्ष घनश्याम चौधरी, मनोज चौधरी, धिरेन्द्र गच्छदार, कुल्दिप चौधरी लगायतका बक्ता बोल्नु भएको थियो । आयोजक संस्थाकी अध्यक्ष जानकी चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सुनिल चौधरीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen