झुम्का नविन कुमार चौधरी, कार्तिक ६
सुनसरीमा थारु जागरण अभियानले दोश्रो पटक थारु डान्स स्टार प्रतियोगिता आयोजना गर्ने भएको छ । पतियोगिता थारु डान्स स्टार २०७६ सिजन – २ बाट चिनिने आयोजकले जनाएको छ ।

डान्स विद्यामा थारु प्रतिभालाई प्रस्फोटन गर्ने उद्देश्यले प्रतियोगिता गर्नलागिएको अभियानले बुधबार झुम्कामा पत्रकार सममेलनको आयोजना गरी जानकारी गराए । गत बर्ष पहिलो कार्यक्रमको सफलता पछी दोस्रो प्रतियोगिता शुरु गर्न लागेको जनाएको छ ।
कार्यक्रमका निर्देशक निशान प्रकृति थारुले कार्यक्रमको अडिसन झुम्का, इटहरी, खनार, इनरुवा, औराबनी, दुहबी र कालाबन्जरमा हुने बताए । उनले प्रथम, द्धितिय र तृतिय बिजेतालाइ नगद रु. एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार सहित ट्रफि र मेडल प्रदान गरीने जानकारी दिए ।
थारु युवा युबतीहरुलाई उनीहरुको नृत्य, प्रतिभा, कला र सिपलाई पहीचान गरी एक सय जना प्रतियोगिलाई छनौठ गरी प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ ।
सो कार्यक्रमा थाकस पूर्व केन्दिय सभापति चन्द्रनारायण चौधरी, बरिष्ठ कलाकार एवं थारु कलाकार संघका अध्यक्ष प्रर्शुराम चौधरी, गत बर्ष उपाधि बिजेता प्रभा चौधरी, रबीन्द्र चौधरी, प्रमानन्द चौधरी, गायक संगितकारसत्यनारायण चौधरी लगायतका वक्ताले कलाकारीता क्षेत्रको महत्व बारे प्रकाश पारेका थिए । कार्यक्रम तारादेबी चौधरीको अध्यक्षतामा समपन्न भएको थियो ।