झुम्का नविन कुमार चौधरी, कार्तिक ६
झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिले नियममा रही खानेपानीको पाइप खरीद गरेको जनाएको छ ।


समितिले मंगलबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पाईप खरिदमा अनियमितता भएको कुरा निराधार भएको बताएको छ । नियममा रही खरीद गरीएको पाइप कार्यालयको परीसरमा राखिएको जनाएको छ । कार्यक्रममा बितरीत प्रेस बिज्ञप्तीमा समितिको नितीगत निर्णय बमोजिम प्रदेश नं १ को खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीको लागत इष्टिमेट भए बमोजिम नै पाइप खरीद गरीएको जनाइएको छ ।
कार्यालयबाट पाइप खरीदका लागी ५७ लाख १५ हजार ९ सय १६ रुपैयां बजेट निकाशा भएकोमा सो बमोजिमको पाइप खरीद गर्दा छुट पाईएको दुई लाख दुई हजार रुपैया समितिको खातामा जम्मा रहेको र सामाजिक संजाल तथा वर्णमालामा छापिएको समाचार खानेपानी तथा सरसफाई मूल समितिलाई बदनाम गर्ने प्रयास गरिएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
बिज्ञप्तीमा झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष केशीलाल चौधरी, सचिब प्रेमकुमार खडका र कोषाध्यक्ष राममणी सिग्देलको हस्ताक्षर रहेको छ ।
कार्यक्रममा समितिका अध्यक्ष केशीलाल चौधरीले नियम संगत तरीकाले खरीद गरीएको पाइप र बिल कार्यालयमा सुरक्षित रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen