झुम्का ( नविन कुमार चौधरी ) कार्तिक ४ः
नेपाल पीछडा वर्ग ( ओबिसी ) महासंघ नगर कार्य समिति रामधुनी झुम्काको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रममा पिछडा वर्गका अगुवाहरुले सरकारसँग अधिकार माग गर्दै कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
शुभ दिपाबली तथा छठ पर्वको अबसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य सिताराम मेहताले उक्त मागलाई सम्बोधन गर्दै संबिधान समय अनुसार परीमार्जन र संशोघन हुनु पर्ने धारणा राख्दै बर्तमान संबिधान पुरा नभएको दाबी गर्नु भयो । उहाले कोही पीछडा बर्ग नरहेको बताउदै पछाडी परेको जाती वर्गलाई हामी सबैले अगाडी बढाउन मदत गर्नु पर्ने धारणा राख्दै लक्षित वर्गका मानिसहरु आफु पनि अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पीछडा बर्ग प्रदेश नं. १ का अध्यक्ष श्रीकृष्ण मेहताले मधेशी को हुन् स्पष्ट नरहेको बताउदै पीछडा बर्गको माग संबिधान संशोधन गरेर समेटनु पर्ने धारणा राख्नु भयो । उनले पीछडा बर्गको मगही भाषा लोप भैरहेकोले यसको संरक्षण आबश्यक रहेको बताए ।
कार्यक्रममा डेगराज फुयाल, राम कोइराला, राधिका ढुङगाना, अबदुल हफिज, देवराज पोखरेल, भोला रौनियार, जीतेन्द्र साह, राजकुमार चौधरी, सिता चौधरी लगायतका वक्ताले सबै जात बर्गको समान अधिकार स्थापना हुनु पर्ने बिषयमा चर्चा गरे ।
पीछडा वर्ग रामधुनी नगर कार्य समितिका राजकुमार साहको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो । उनले तराईको भुभागमा मनाउदै आइरहेको चाँडपर्व साँझा रहेको भन्दै एकिकृतरुपमा मनाउनुपर्ने बताए । रामधुनी नपा वडा नं. १ स्थित आयोजक संस्थाले आफनै निर्माणाधिन भवनको प्राङगनमा कार्यक्रम आयोजना गरेका थिए ।