झुम्का ( नविन कुमार चौधरी ) कार्तिक १,
बालबालिकाको अधिकार स्थापित गर्नका लागी बालबालिकामा लगानी गर्नु पर्ने कुरामा जोड दिदै रामधुनी नगरपालिका वडा नं. ९ले सरोकारबाला पक्ष लाई प्रतिबद्ध बनाइरहेका छन् ।
रामधुनी नगर पालिका वडा नं. ९ को आयोजनामा वडालाई बाल मैत्री घोषणाका लागि सूचकहरु पूरा गर्ने क्रममा बालबालिकामा लगानी र योजना निर्माण समबन्धि तीन दिने तालिम शुक्रबारदेखी शुरु गरेको छ ।

कार्यक्रममा रामधुनी नपाका निमित्त प्रमुख तथा शिक्षा शाखाका प्रमुख राजन गेलालले बालबालिकाको अधिकार स्थापनाका लागी उनीहरुमा लगानी गर्नु आवश्यक रहेको चर्चा गर्नु भयो । जसका लागि हरेक घरबाट बाल अधिकारका ४ क्षेत्र (बासंविस) को माध्यमबाट सूचक पुरा गरि नगरलाई बालमैत्री बनाउन सकिने बताए ।
कार्यक्रममा नपाका सामाजिक विकास शाखा प्रमुख ( बालबालिका फोकल पर्सन )हर्षलाल चौधरीले रामधुनी नपाले बालमैत्रीको रुपमा अबलम्बन गर्न गैरहेको बताउदै बस्तु स्थिती बिबरण बाल बचाउ, बाल बिकास, बाल संरक्षण, बाल सहभागिता र ३९ बटा सूचक पार गरे पछी मात्र बालमैत्री घोषणा गर्न सकिने बताए । नगरले वडा नं. २ गत वर्ष बालमैत्री घोषणा भएको र वडा नं. ५ २०७६ असार ३० गते घोषणा भइसकेको जानकारी दिए ।
तालिममा राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चतुरवेदी प्रशिक्षक रहेका छन् । प्रशिक्षक चतुरवेदीले रामधुनी नगर अन्तर्गतका ९ वटै वडामा प्रशिक्षण दिदै आइरहेको छ । नगरले २०७६ चैत्र मसान्त सम्ममा पूर्ण बालमैत्री युक्त नगर घोषणा गर्ने लिएको लक्ष्य अनुरुप अघि बढिरहदा वडा नं. ९ ले मंसिर मसान्त भित्र घोषणा गरिसक्ने प्रतिबद्धता गरेको छ । सोही अनुरुप वडा कहाँ सम्म पुगेको र लक्ष्यमा पुग्न कस्ता बाटो अबलम्वन गर्नु जरुरी रहेको भन्ने कुरा लाई आत्मसात गर्दै सरोकारबाला सम्पूर्ण पक्षलाई आमन्त्रीत गरी ३ दिनको तालिम तथा कार्यशाला आयोजना गरिएको वडाध्यक्ष घनश्याम चौधरीले बताए । वडा अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ६० जना स्थानियहरुको सहभागिता रहेको छ । कार्यशालामा जन प्रतिनिधीहरु, स्वास्थ्या स्वयम् सेविकाहरु, स्वास्थ्य कर्मी, सार्वजनिक तथा संस्थागत विद्यालयका प्र.अ., प्रतिनिधि शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष तथा संचालक, बुद्धिजिवि तथा संघ संस्थाका प्रतिनिधीहरु लगाएत बाल समुहतथा बाल संजालका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
