झुम्का, नविन कुमार चौधरी, अशोज २५
भासी माविको प्रागंनमा सम्पन्न गौरी शंकर बचत तथा ऋण सहकारी संस्था लि. को १०औं वार्षिक साधारण सभामा ५ जना जेष्ठ नागरिक सहित उत्कृष्ट समुह तथा शेयर सदसयहरुलाई सम्मान गरेको छ । संस्थाका व्यवस्थापक श्री टंक प्रसाद सुनुवारले आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रगति विवरण प्रस्तुति गर्नुका साथै आर्थिक वर्ष २०७६÷२०७७ को कार्ययोजना प्रस्तुत गरिएको थियो । सो प्रगति विवरण अनुसार संस्थाले यस वर्ष १३ लाख २४ हजार २६८ मुनाफा कमाएको सार्वजनिक गरिएको छ । गत आ.व.मा १ लाख ५ हजार ८११ मुनाफा कमाएकोमा यस वर्ष ११ लाख ७३ हजार ले वृद्धि गराएको छ । २०६० सालमा वर्डभिजन मार्फत सरसफाई समुह गठन गरि बचत गर्ने बानीको विकास गर्दै गठित सहकारीले आज करोडौको बचत तथा ऋणको कारोबार गर्न सफल भएको छ । उक्त विवरण अनुसार गत वर्षको शेयर पुँजी ५३ लाख बाट ६३ लाख पुगेको छ, बचत संकलन गत वर्ष १ करोड ८५ लाख बाट यस वर्ष २ करोड ६३ लाख रहेको छ । लगानी तर्फ गत वर्ष ४ करोड ३७ लाख बाट ५ करोड ८५ लाख रहेको छ । ऋण असुली गत वर्ष ३ करोड ९१ लख बाट ४ करोड ६५ लाख रहेको छ ।
प्रमुख अतिथि रामधुनी नगर प्रमुख जयप्रकास चौधरीले सभालाई सम्बोधन गर्दै संस्थाको प्रगतिको शुभकामना दिएको थियो । चौधरीले शुभकामना दिदैं नगरको बालमैत्री अभियानको जानकारी गराउदैं संस्थामा आबद्ध महिलाहरुको सुरक्षा तथा सुरक्षित मातृत्वको अवधारणलाई अघिसारका थिए । उहाँले अवकादिनमा सहकारीकै माध्यमबाट नगरको कामलाई अगाडि बढाउने र जिम्मेबारी दिने समेत जानकारी गरउदै गौरी शंकर बचत तथा ऋण सहकारीको उत्तरोत्तर प्रगतिको कामना गरेको थियो ।
सभामा विशेष अतिथि वडा नं. १ वडाध्यक्ष महेश कुमार चौधरी, अतिथि निर्धन ग्रामिण बचत तथा ऋण साकोसका अध्यक्ष प्रित ना. चौधरी, स्वर्णिम बचत तथा ऋण साकोसका अध्यक्ष सुजित राय, प्रेरणा बचत तथा ऋण साकोसका अध्यक्ष माधव कट्टेल, सहकारी शाखा प्रतिनिधि गोपाल प्रसाद रेग्मी, उपहार बचत तथा ऋण साकोसका अध्यक्ष कृष्ण चौधरी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।