झुम्का, नविन कुमार चौधरी, अशोज १४ ः २९औं जेष्ठ नागरीक दिबसको अबसरमा जेष्ठ नागरिकलाई सेवा प्रदान गर्ने उदेश्यले निशुल्क आँखा र कान जाँच शिबिर संचालन गर्दै सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
जेष्ठ नागरीक सरोकार समुह सुनसरीको आयोजनामा जेष्ठनागरिकको आफ्नै भवन रामधुनी नपा अगाडि कार्यक्रम समपन्न गरीएको छ । सम्मान कार्यक्रममा सुनसरीका ४० जना जेष्ठ नागरीकलाई सममान पत्र प्रदान गरी सम्मानित गरीएको थियो ।


कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका शसस्त्र प्रहरी बल नेपाल प्रदेश नं. १ बराह बाहीनी मुख्यालय पकलीका शसस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र कुमार थापाको र रामधुनी नगर पालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले जेष्ठ नागरीकलाई सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भयो । कार्यक्रममा वक्ताहरुले जेष्ठ नागरीकको योगदानको कदर हुनु पर्ने घर र समाजमा सम्मानित भएर बाच्न पाउने अधिकार स्थापित गर्नु पर्नेमा जोड दिए । जेष्ठ नागरीकले बिभिन्न क्षेत्रबाट देश बिकासका लागि गरेको योगदान नयाँ पुस्ताले सिक्नु पर्ने धारण वक्ताहरुले राखे ।
प्रमुख अतिथि थापाले जेष्ठ नागरिकको गरिमामय कार्यक्रममा सहभागी भएर आफुले आत्म सम्मानको अनुभूती भएको भन्दै प्रसन्नता प्रकट गर्नुभायो । त्यसैगरी नगरप्रमुख चौधरीले जेष्ठ नागरिकको सम्मान घरघरमा व्यवहारिकरुपमा हुनुपर्नेमा जोड दिनुभायो ।
जेष्ठ नागरीक इनरुवाकी १०३ बर्षीया सुकमाया श्रेष्ठ, धरानका राजेज्द्र प्रसाद आचार्य, रामधुनीका गर्भी चौधरी, बन्हुलाल चौधरी, झगरु चैधरी लगायत लाई सम्मान पत्रका साथै दोसल्ला र छाता प्रदान गरीएको थियो ।
त्यसैगरी आज सोही संस्थाको आयोजना र बिराटनगर आखाँ अस्पतालको सहयोगमा आखाँ र कान जाँच शिबिर समपन्न भएको छ ।


शिबिरमा १५० जनाले आँखा र ७२ जनाले कान जाच गरेको आयोजक संस्थाका अध्यक्ष फौदसिंह थापाले जानकारी दिनु भयो । शिबिरमा २५ जना मोतियाँ बिन्दुको रोगि र एक जनाको आँखामा मासु पलाएको अस्पतालका प्राबिधिक श्रवन चौधरीले बताए । आँखाका रागिहरुको निशुल्क उपचारका लागि अस्पताल रेफर गरीएको चौधरीले जानकारी दिए । साधारण समस्याका विरामीहरुलाई सहुलियत दरमा औषधि उपलब्ध गराएको थियो ।
त्यसैगरी अस्पतालका कान जाचका प्राबिधिक सन्तोष कुमार यादबले धेरै जसोको कानमा जाली फुटेको ढुसी पलाएको र कम सुनिने रोगि फेला परेको जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष फौदसिंह थापाले सामाजिक सेवा गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen