झुम्का, नविन कुमार चौधरी, अशोज १४
मंगलबार रामधुनी नगरपालिकाले झुम्का बजार अनुगमनमा अधिकांस व्यवसायीहरुको कागजात पूर्ण नभएको पाइएको छ । सरकारको सही करको लागि तथा चाडबाडको बेला ग्राहाकलाई स्वच्छ र सही मूल्यमा सामान उपलब्धताकानिम्त खाद्यान्न, कस्मेटिक, मेडिकल तथा फेन्सी पसलहरुमा अनुगमन गरिएको हो ।
नगरले व्यवसायीहरुले व्यवसाय संचालन गरेको प्रमाण पत्र, प्यान नम्बर, स्थानिय निकायमा दर्ताको प्रमाण पत्र, घरेलु दर्ता, कर चुक्ता, बहालकर, तथा नविकरणको प्रमाणको अनुगमन गरिएको थियो। सो अनुगमनमा धेरै व्यवसायीहरुले व्यवसायको नविकरण नगरिएको देखिएको छ । साथै नगरले व्यवसायीहरुको बिक्रिमा राखेको सामानहरुको मुल्य सूची धेरैले नराखीकन बिक्रि वितरण गरिएको पाइयो ।
रामधुनी नगरपालिकाको आयोजनामा नगर उप प्रमुख सविना चौधरीको संयोजक्त्वमा थालिएको अनुगमनमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीहरु, झुम्का उद्योग वाणिज्य संघका प्रतिनिधि तथा इलाका प्रहरी कार्यालय पकलीको संयूक्त सहभागिता सहित करिब ३५ जनाको फरक फरक टोलीमा राजमार्ग छेउका फेन्सी पसल, किराना पसल, होटेल, मेडिकल पसल तथा कस्मेटिक पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न तथा दैनिक उपभोग्य सामान भेटिएकोलाई अलग गरि नष्ट गर्न लगाएको प्रशासकिय अधिकृत विनयकुमार परियार ले बताउनुभायो । साथै आवश्यक कागजात नभएको व्यवसायीहरुलाई ३ देखी ७ दिन सम्ममा प्राप्त गरिसक्ने भनी सुझाव दिएका छन भने तत पश्चात अर्को चरणको अनुगमनमा कागजात अधुरो भेटिएको र म्याद नाघेको सामान बिक्री बितरण गरिएको पाइएमा नियमानुसार कार्वाही हुने चेताबनी दिइएको छ ।