थारु चलचित्र तथा सास्कृतिक संघ नेपालको आयोजनामा शनिबार दुहबीमा अन्तरक्रिया तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।

थारु कल्याणकारीणी सभाका केन्द्रिय बरीष्ठ उपाध्यक्ष कन्नुलाल चौधरी र आयोजक संस्थाका अध्यक्ष पर्शुराम चौधरीले मोरङमा संगठित नव गठित कलाकारहरुलाई प्रमाण पत्र बितरण गर्नु भयो । सो अबसरमा थाकसका उपाध्यक्ष चौधरीले संगठित कलाकारहरुलाई शुभकामना दिनु भयो । उहाले समाजका देखिएको समस्यालाई उजागर गरी सबैको आखाँ खोल्ने माध्यम कलाकारीता रहेको बताउनु भयो ।
मोरङमा संगठित थारु चलचित्र तथा सास्कृतिक संघको अध्यक्षमा राज चौधरी, उपाध्यक्ष राम विश्वास, नीलम चौधरी, महासचिव प्रबलदिप विश्वास, सचिब सरुकला माझी, कोषाध्यक्ष राजेन्द्र कुमार भगत रहेका छन् । त्यसैगरी सदस्यमा युबराज चौधरी, परमानन्द चौधरी, प्रकाश माझी, जीबन चौधरी, कृष्ण चौधरी, मिना विश्वास, मेनुका माझी, अपील चौधरी, रेणुका कुमारी माझी रहेको छ ।
कार्यक्रममा थाकस मोरङका अध्यक्ष प्रदिप भगत, सचिब जागेश्बर प्रसाद बिश्वास, थारु चलचित्र तथा सास्कृतिक संघ सुनसरीकी अध्यक्ष जानकी चौधरी लगायतले नव निर्बाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । सो कार्यक्रममा थारु चलचित्रका निर्देशक, नायक, नायीका, गायक, गायीका, संगितकार, गित रचनाकार लगायतको उपस्थिती रहेको थियो ।