झुम्का, नविन कुमार चौधरी, अशोज १०

नेपाल युवा परिषद (एनवाइसि)ले गरे शुक्रबार विश्व पर्यटन दिवस २०१९ मनाउँदै रामधुनी मन्दीर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
रामधुनी नगरबाल संजालका सदस्य मनन् खडकाको संयोजक्त्वमा १०३ जना यूवा तथा समाजसेवीहरुको संलग्नतामा कार्यक्रम सम्पन्न गरेको हो ।

विगतका दिनहरुमा नेतृत्व विकास तालिम, यूवा उद्यमशीलता, व्यक्तित्व विकास वातावरण, दिगो विकास प्राप्तीका लक्ष्य, सूचना प्रविधि र सडक सुरक्षाको क्षेत्रलाई कार्यक्षेत्र बनाउदै विभिन्न कार्यहरु गर्दै आएको विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित नेपाल यूवा परिषदले रामधुनीमा रहेको ऐतिहाँसिक तथा धार्मिकभावले ओतप्रोत रामधुनी मन्दीरको आज सरसफाई गरिएको हो । विश्व प्रर्यटन दिवसको अवसर पारेर गरिएको उक्त सरसफाई कार्यक्रमले नगर र नगरका महत्वपूर्ण सामाजिक तथा सार्वजनिक स्थल, पाटि पौवा, मठ मन्दीरलाई सुन्दर र स्वच्छ वातावरणयुक्त बनाई स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने प्रमुख उद्देश्यका साथ यूवाहरुले सो कदम चालेको प्रदेश संयोजक सुशील राजभरले बताए । सरसफाइका साथसाथै यूवा समुहले मन्दीरमा झन्डा समेत फहराएका थिए । यूवाहरुको उत्प्रेरणा र स्वच्छता सम्बन्धि कार्यक्रमलाई सर्हना गर्दै रामधुनी नपा वडा नं. ४ का वडाध्यक्ष मनेष कुमार चौधरीले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै यूवाहरु प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा रामधुनी मन्दीर परीषद अध्यक्ष डिल्ली कार्की, सूचना अधिकृत बसन्त मोते, नेकपा जिल्ला सदस्य नवराज खडका लगाएतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen