झुम्का, नविन कुमार चौधरी, अशोज १०
जनभावना वचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा तथा जन्मोत्सव शुक्रबार सम्पन्न भएको छ । २०६५ साल अशोज १० गते संचालन भएको सहकारीले सन्मोत्सवको रुपमा प्रत्येक वर्ष अशोज १० गते नै साधारण सभा गरिने जनभावना साकोसका अध्यक्ष श्याम प्रसाद श्रेष्ठले जानकारी गराए ।


संस्थाले आर्थिकवर्ष २०७५÷०७६ को आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी मूल्य मान्यता अनुरुप संचालनका निम्ति सहकारी ऐन २०७४ अनुरुप आफ्ना विनियम तथा कार्यविधी सच्याएर अगाडि बढेको प्रतिवेदनमा उल्लेख रहेको छ । यसका साथै सहकारीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठनागरिक सम्मान तथा उत्कृष्ट उच्च तहका विद्यार्थी तथा आधारभूत तहका बालबालिकालाई समेत सम्मान गरको छ । २०६५ सालमा स्थापनाकालमा २६ शेयरसदस्य बाट संचालित साकोस हाल ६१० शेयर सदस्य भएको र कुल शेयर पूजी रु १ करोड १५ लाख ५० हजार ५०० पुगेको जानकारी अध्यक्ष श्रेष्ठले दिएका छन । संस्थाले यस वर्ष ५३ लाख ७५ हजार आम्दानी कमाएर सम्पुर्ण खर्च कटाई २६ लाख १४ हजार ७ सय बैसठी रुपैया मुनाफा कमाएको छ । गत साल भने संस्थाले ३ लाख ७२ हजार मात्र मुनाफा कमाएको थियो । यस अनुसार संस्थाले राम्रो अवस्थाको चित्रण गर्ने शुभकामना मन्तव्य दिदैं दाना ग्रामिण बचत तथा ऋण सहकारी साकोस का अध्यक्ष चन्द्रकुमार चौधरीले बताए । त्यसैगरी साधारणसभा सफलताको कामना सहित रामधुनी नगर समन्वय समिति तथा जनहित कृषि सहकारीका अध्यक्ष गुणराज काफ्ले, दुर्गा फूयाल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी संघ सुनसरी अध्यक्ष दामोदर कोइरालाले प्रतिवेदनमा उल्लेखित विभिन्न बुदामाथि सहकारी मूल्य मान्यता आनुरुप सच्याएकोले भविष्यमा साकोसले कारोबार गर्न सजिलो हुने बताउदै यसरीनै अरु सहकारी हरुले पनि नितिनियम परिवर्तन गर्दैजानुपर्नै कुरामा जोड दिएका थिए । उनले संस्थाले ऋणको व्याजको दायरा लाई १४, १५ र १६ गरि तोकिएकोकुरा लाई प्रष्ट पार्दै सदस्यहरुलाई पनि यसको सदुपयोगको निम्ती सुझाव दिएका थिए ।
विशिष्ट अतिथि सहकारी शाखा प्रमुख सत्यनारायण चौधरीले पनि सहकारी राष्ट्रको मेरुदण्ड भएको बताउदै सहकारीले श्रम, पुजी र श्रोत साधनलाई परिचालन गरी आर्थिक विकासमा ठूलो सहयोग पुगेको भन्दै सहकारी ऐन नियम बमोजिम संचालन मा जोड दिएका थिए ।
साकोसले उत्कृष्ट बचतकर्ता मा रामधुनी १ का नारायण श्रेष्ठ, दाना कुमारी श्रेष्ठ, उत्कृष्ट ऋणीमा रामधुनी ८का महेन्द्र नारायण शाह, रामधुनी ३ की रिता चौहान त्यसैगरी, प्लस टू तर्फ उतिर्ण रामधुनी ५ का सुरेश कुमार शाह की छोरी नेहा शाहलाई सम्मान गरेको छ । त्यसतै साना बालबालिकाहरु ह्र्षिका श्रेष्ठ, अंकित श्रेष्ठ, प्रतिक्षा श्रेष्ठ, साइमन श्रेष्ठ लाई सम्मान गरिएको छ । त्यसतै जेष्ठनागरिक तर्फ पुस्कर पराजुली की आमा तुलसा देवी पराजुली, राम भरोस झाकी आमा हंस माया झा, खडग बहादुर श्रेष्ठकी आमा दुगुमाया श्रेष्ठ, बसना श्रेष्ठका ससुरा राम बहादुर थापा, विकाश दाहालका बुबा भिम प्रसाद दाहालm हर्क बहादुर श्रेष्ठकी आमा डिग माया श्रेष्ठ र गिता घिमिरेका ससुरा भव कृष्ण घिमिरेलाई सम्मान गरेको थियो । कार्यक्रम लगौनाको कल्पवृक्ष पार्टिप्यालेसमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen