झुम्का, नविन कुमार चौधरी, अशोज ४
तराई महिलाहरुको महान पर्व जितिया आए सँगै सुनसरीमा जितियाको रौनक छाएको छ, विभिन्न स्थानमा जितिया विशेष कार्यक्रम सम्पन्न भएको छ ।
तराई महिलाहरुको महान पर्व जितियाको पावन अवसरमा धुराहा खेलमैदानमा जितिया विशेष कार्यक्रम सम्पन्न भएको छ । रामधुनी नगरपालिका वडा नं. ९, थारुमहिला सभा को आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माननिय कृषि तथा पशुपंक्षि राज्यमन्नत्री रामकुमारी चौधरीले सम्पूण वडाबासीहरुमा जितियाको शुभकामना प्रदान गर्दै महिलाहरुको जागरुकताको निम्त सरहना लिएको थियो । हिजो संविधान दिवस पनि रहेको हुनाले वर्तामान संविधानले समानरुपले महिला, दलित, अल्पसंख्यक तथा विभिन्न जातजातिलाई प्रतिनिधित्व गराएको र सबैलाई अगाडि बढन अवसर प्रदान गरेको बताउदै आजको महिलाहरु शिक्षित र सजग भएकोले आफ्नो हक अधिकारका लागि आफैं जागरुक भएर लाग्नुपर्ने तथा यसरी एक जुट भएर लागेकोमा आफु हर्सित भएको जानकारी गराउनुभएको थियो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पाल्नुभएको वडाध्यक्ष घनश्याम चौधरीले वडाको साँस्कृतिक विकासका लागि वडा सधैं तयार रहेको र आवश्यक सरसहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै महिलाहरुको विकास का निम्त वडाले विभिन्न सिपमूलक कार्यक्रमहरु गरेको र आगामी दिनमा पनि गर्ने भनी कार्यक्रममा उपस्थित सभालाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा विविध साँस्कृतिक नाचगान तथा झाँकी लगाएत जितिया विशेष नाटक, झुमैर, पौराणिक गित संगित तथा आधुनिक गित संगितमा नृत्य प्रस्तुती गरिएको थियो ।
त्यसैगरी शुक्रबारै रामधुनी नगरपालिका वडा नं. ६ स्थित बक्लौरीमा पनि विविध साँस्कृतिक कार्यक्रमप गरी भव्यताका साथ जितिया मनाएको छ । प्रदेश नं. १ उप सभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा साविक बक्लौरी गाविसका बासीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम थाकस गाँउ कार्य समिति बक्लौरीको आयोजनामा सञ्चालन भएको थियो । कार्यक्रममा महिलाहरुले विभिन्न साँस्कृतिक झाँकी तथापौराणिक नाचगान तथा जितिया विशेष नाटक प्रदर्शन गरिएको थियो । प्रमुख अतिथि पोखरेलले सम्पूर्ण महानुभावहरुलाई जितिया विजया दशमी, दिपाबली तथा छठ पर्वको शुभकामना दिनुभएको थियो । कार्यक्रम संचालन थाकस बक्लौरीका अध्यक्ष विजय चौधरीले गर्नुभएको थियो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. १ थारुमहिला सभाको आयोजनामा पनि जितिया विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम इटहरी उमनपा प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । थारु बाहुल्य भएको वडा इटहरी १ ले महिलाहरुको विशेष प्रस्तुतीमा कार्यक्रम भव्यताका साथ मनाएको थियो कार्यक्रममा सहभागी अतिथि तथा सम्पूर्णलाई विशेष थारु परिकार तथा रोटीबाट आदर सत्कार गरिएको थियो ।
