झुम्का, नविन कुमार चौधरी, अशोज ४
थारु कल्याणकारिणी सभा सुनसरीले अशोज ५ गते झुम्कामा धुमधामका साथ जितिया महोत्सव कार्यक्रम २०७६ मनाउने भएको छ ।

तराईका थारु लगायत मधेशी तथा अल्पसंख्यक हरुले परापूर्वकालदेखी मनाउँदै आएको जितिया पर्व पूर्णरुपले धार्मिक तथा सांस्कृतिक एवं ऐतिहाँसिक भएको र यो लोपहुने अवस्थामा पुगेको कारण यसको उत्थान तथा जगेर्नागर्ने उद्देश्यले जिल्लाव्यापीरुपले मनाउन लागेको आयोजक थाकसले जनाएको छ । जिल्लाका विभिन्न स्थानममा भाद्र २८ गते देखीनै थाकस को नेतृत्वमा गठित थारु महिला सभा तथा विभिन्न समुहको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमहरुगरी मनाएका छन र अशोज ५ गते भव्यताका साथ झुम्कामा मनाउने र ती सम्पूर्ण क्षेत्रका जन समुदायलाई उपस्थित गराई मनाउने जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समबोधन गर्ने भएको छ । तराईमा रहेको बहुसंख्यक थारुसमुदायको पहिचान र मुद्दा ओझेलमा परेकोले पूर्व प्रधान मन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डलाई प्रत्यक्ष रुपमा प्रदर्शन गरी थारु समुदायको माग मुद्दादाई संविधानमा स्थान दिलाउने उद्देश्यले यो कार्यक्रम भव्यताका साथ मनाउन लागेको बताएको छ ।
कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक तारादेवी चौधरीले जानकारी दिए । कार्यक्रममा प्रचण्डको स्वागतका लागि विभिन्न जातजातिका भेषभूषा सहित झाँकी प्रदर्शन, हात्ति घोडा प्रदर्शन, थारु, मधेशी, राई लिम्बु, नेवार समुदायको नाच गान तथा थारु हरुको पौराणिक धुम्रा नाच, विरहैन, चाँचैर, झुमैर, समा चकेवा आलि प्रदर्शन गर्ने साथै थारुहरुको प्रमुख चाँडवाडमा सार्वजनिक विदा दिनुपर्ने, थारुहरुको झुठा मुद्धाहरु हटाउनुपर्ने, थारुहरुको हक अधिकार संविधानमा सुनिश्चित हुनुपर्ने लगायतका १० बुँदे मागहरु कार्यक्रममा प्रस्तुत गर्ने जनाएको छ । कार्यक्रममा उपस्थितिका लागि थाकस जिल्लाकार्य समिति सुनसरी अध्यक्ष सुरेन्द्र चौधरीले सम्पुर्ण नगर, वडा तथा जिल्ला बासीहरुलाई हार्दिकता पूर्वक आग्रह तथा निमन्त्रणा समेत गर्नुभएको छ ।
