रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्का सुनसरी स्थित स्वर्णिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं बार्षिक साधारण सभा आज समपन्न भएको छ । ’दिगो बिकाश, लक्ष्य प्राप्तिकालागि सहकारी’ भन्ने नारालाई सार्थक बनाउन २०६६ सालमा स्थापना भएको यस स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको सेयर सदस्य, बचतकर्ता तथा अन्य सहकारी संस्था बाट आमन्त्रित अतिथि, सहकारीकर्मी, पत्रकार, जेस्ठ नागरिकहरुको बृहत उपस्थितिमा यस संस्थाले आफ्नै निजि भवनमा भव्यताका साथ दशौं साधारणसभा समपन्न गरेका हो ।
सरकारको आर्थिक तथा सहकारी, बैंकिंग नीति अन्तर्गत ’वन म्यान वन कोअपरेटिभ अर्थात् एक व्यक्ति एक सहकारी’ को नीति ले सहकारी र बैंक बीच भेदभाब गरेको आमन्त्रित अतिथि मैत्री बचत ऋण सहकारी संस्थाको उपाध्यक्ष रामानन्द चौधरीले बताएका छन्। एउटा व्यक्तिले एउटा सहकारीबाट मात्र कारोबार गर्न मिल्ने तर एउटा व्यक्तिले विभिन्न बैंकमा कारोबार गर्न मिल्ने नीतिप्रति आपत्ति व्यक्त गरेका हुन्।
बक्तब्यको क्रममा यसै संस्थाका अध्यक्ष सुजित कुमार रायले स्वर्णिम बचत तथा ऋण सहकारी संस्था संबभतः रामधुनी नगरपालिकाकै एउटा सफल अनि ब्यबसायीमुखी नभएर सेवामुखी संस्था भएको बताउदै हालसम्म ९औं बार्षिक साधारणसभा पार गरि यो दशौं साधारणसभा खुशीसाथ हातमा हात र साथमा साथ् दिएर यहाँसम्म ल्याउनुहुने सबै सेयर सदस्य, बचतकर्ता र क्रियासिल सम्पूर्ण क्रमचारीहरुप्रति भोलिको दिनमा यस्तै साथ् र सहयोग को अपेक्षा सहित संस्था लाइ अगाडी बढाउन महन्वपुर्ण भूमिका खेलेका व्यक्तिलाई मायाको चिनो प्रदान गरि सम्मानका साथ् कार्यक्रम समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen