इटहरी उपमहानगरपालिका वडा नम्बर १५, १६ र १७ को संयुक्त वडा कार्यालयको योजनामा एकम्बा स्तिथित इटहरी वडा नम्बर १६ को प्रांगणमा भव्यताको साथ् बाल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिकाको मेयर द्वारिकालाल चौधरी प्रमुख अतिथि र उपमेयर लक्ष्मी गौतमको बिसिस्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता र बक्त्रित्वाकला प्रतियोगिता भएको थियो । बक्त्रित्वातर्फ प्रविन सापकोटा प्रथम, सुरज सादा दोश्रो, बिपासा निरौला तेस्रो त्यसै गरि हाजिरीजवाफ मा सरस्वती जब्दी माबी प्रथम, बाल आदर्श स्कुल दोस्रो, शिक्शादिप एकेडिमी तेस्रो भए भने चित्रकला तर्फ सरस्वती जब्दी माबी प्रथम, पार्वती माबी दोस्रो र बाल आदर्श स्कुल तेस्रो भएका थिए साथै नृत्यकला प्रतियोगिता मा उत्कृस्ट हुनेहरुलाई सम्मान स्वरूप सिल्ड, कप तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम बाल संरक्षण समितिका संयोजक बद्रि प्रसाद चौधरीको संयोजनमा समापन भएको थियो ।
त्यसैगरी रामधुनी नगरपालिकाको आयोजनामा रामधुनी वडा नम्बर ९ डुम्राहा स्थित श्री सनिस्चरे माबीमा तीसौ राष्ट्रिय बाल दिवस सम्पन्न भएको छ । कार्यक्रममा बक्तित्वकला प्रतियोगिता, गायन प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सहित नाचगान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा युनिक एकेडेमीको प्रतिक दुलाल, लक्ष्मी मेमोरियल बोर्डिंगको जेनिशा चौधरी र र्या्पिड लर्निंग स्कुलको विद्यार्थी क्रमसः प्रथम, दितीय र तृतीय बन्न सफल भएका थिए । त्यसैगरी गायनतर्फ भासी माबीका अनिता काफ्ले, लालपुर गार्डेन एकेडेमीका प्रनिस दाहाल र युनिक एकेडेमीका आसिका कटवाल क्रमसः प्रथम, दितीय र तृतीय भएका थिए । प्रतियोगितामा बिजेता बिध्यर्थिहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ कि उपसभामुख सरस्वती पोख्रेलले वितरण गरेकी थिइन् ।
रामधुनी नगरपालिकाकी उपप्रमुख तथा सभाध्यक्ष सबिना कुमारी चौधरीले ३०औं रास्ट्रीय बाल दिवसको बारेमा यसको महत्व र यस्ता कार्यक्रमहरु बालबालिकाकालागि अतिनै सहयोगी भएको र बालबालिकाको उज्ज्वल भविस्यको कामना गर्दै उक्त कार्यक्रमको समापन गरेकी थिइन् ।