नविन कुमार चौधरी, झुम्का, भाद्र २८
इनरुवा नगरपालिका वडा नं. ६ मधेशामा थारु, दलित तथा अल्पसंख्यक समाजको आयोजनामा दोश्रो सामुहिक जितिया विशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । साविक मधेशा गाविसका प्रत्येक गाउँ टोल तथा वडाका थारु, दलित, अल्प संख्यक समुदायका महिलाहरुको वृहत्त सहभागितामा श्री जनता मा. वि. को प्राङ्गनमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा विभिन्न मिश्रृत जातजातीहरुको भेषभूषा तथा पहिरण सहित रोटिमोटा, कलस सहित झाँकी, साँस्कृतिक नृत्य, जितिया विशेष नाटक तथा धुम्रा नाच प्रस्तुत गरिएको थियो । थारु, दलित तथा अल्पसंख्यक समाजका अध्यक्ष रेनुका चौधरीको सभापतित्व तथा माननिय साँसद सिताराम मेहताको प्रमुख आतिथ्यमा सम्पन्न जितिया विशेष कार्यक्रममा विशिष्ट अतिथि, वडा नं. ६ का, वडाध्यक्ष कोषराज अधिकारी, अतिथिहरु समाजसेवी कमल बहादुर कार्की, हरि बहादुर अधिकारी, लक्ष्मण कार्की, कर्ण बहादुर श्रेष्ठ, हेमनारायण चौधरी, पुण्यवती चौधरी, राजु दाहाल, दलित सदस्य ठकनी सरदार लगायत बुद्धिजिवि संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा शुभकामना दिदैं प्रमुख अतिथि सिताराम मेहताले तराईबासीहरुको सँस्कार संस्कृति प्रतिको चाँसो, एकता र दृढताको सर्हना दिदै जितिया पर्वमनाउने स्थानिय बासीहरुमा सम्मान व्यक्त गर्नुभयो । उहाँले नेपालको संस्कारहरु नै नेपालको पहिचान भएकोले यस प्रतिको जागरुकताले राष्ट्रिय एकतामा टेवापुगने बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि कोषराज अधिकारीले आफ्नै समुदायमा मनाउँदै गरेको महान पर्व जितियाको बारेमा पहिला जानकारी नभएको तथा हाल गत सालदेखी सामुहिक रुपमा जितिया विशेष कार्यक्रम मनाइ रहदा जितिया पर्वको महत्वको बारेमा जानकारी भएको बताउदै यस किसिमका संस्कारको जगेर्नाको लागि वडा तत्पर रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको अन्तिम समय सम्म उत्साह पूर्वक सहभागी भएका स्थानिय महिला तथा सज्जन हरुलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति रेनुका चौधरीले उत्कृष्ट झाँकी प्रस्तुत गर्ने टोलीलाई हौसला प्रदान गर्दै पुरस्कृत समेत गरेका थिए । पुरस्कृति झाँकी टोली मध्ये प्रथम साविक वडा नं. ८ समुह, द्वितिय दक्षिण टोल समुह, तृतिय साविक वडा नं. १ समुह तथा अन्य समुहलाई सान्तवना घोषित गरिएको थियो । साथै उहाँले सम्पुर्ण सहभागीलाई सहयोगको लागि धन्यबाद दिदै आगामि दिनमा पनि साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम समापन गरेको थियो । जितिया विशेष कार्यक्रमको उदघोषण सत्य नारायण चौधरीले गर्नुभएको थियो । साथै उहाँले अशोज ५ गते झुम्कामा हुनलागेको जितिया विशेष कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण महानुभावहरुलाई अनुरोध गनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen