इनरुवा, जयकृष्ण यादव, भदौ २६ गते । प्रदेश नम्बर १ को सुनसरी सहित केही जिल्लामा बसोबास रहेको उराँव आदिवासीहरुको महान पर्व करम पुजा शुक्रबारबाट सुरु हुदैछ । सुनसरी सदरमुकाम इनरुवा सहित दुहवी नगरपालिकामा समेत उराँव आदिवासीहरुले महान पर्व करण पुजाको तयारी भई पूर्व सन्ध्या सुरु भएको हो । आफ्नो कुल देउताको पुजापाठ गर्ने उराँवहरुको करम पुजालाई एकताको पर्वको रुपमा लिईने भएकाले नाचगान सहित करम पूर्व सन्ध्यामा जुटेको नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीले जनाएको छ ।

सुनसरीको सदरमुकाम इनरुवामा पूर्वी तराईमधेशमा बसोबास गर्ने भूमिपुत्र उराँवहरुले आफ्नो महान पर्व करम पूर्व सन्ध्याको तयारीमा जुटेका छन् । अहिले उनीहरुको मुख्य चाड करम पूजाको समय सुरु भएकाले पर्व मनाउनमा व्यस्त हुने भएका छन् ।

प्रदेश नम्बर १ मा पहिलो पटक ऐतिहासिक उराँव(झागड्) समुदायको कला, संस्कृति, संस्कार संरक्षण र जन्मदेखी मृत्युसम्म गरिने कृयाकलापको संग्रह गर्न नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान भवनमा शुक्रबार करम पूर्व सन्ध्या गर्ने तयारीमा जुटेको हो ।

खासमा भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटाकेटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् । पुरुषहरु करम रुखको तीन वटा हाँगा काटी ती कुमार केटाहरुले ल्याउँछन् । भने केटीहरुले कक्रो पूmल ल्याउँछन् । महिला र पुरुष फेरी अखड़ामा जम्मा हुन्छन् । एकछिन नाच्छन, गाँउछन् । गीतको दोहोरी चल्छ । त्यसपछि नेग जो करम गाड्छ उसले ती तीनवटै करम हाँगालाई आफ्नो छानामा राख्छ । सबै आफ्नो इष्टमित्र, पाहुनासँग मिलेर मीठो मसिनो खान्छन् । खाना पश्चात् उनीहरु अखड़ामा जम्मा हुन्छन् । नेगले अखड़ामा करम गाड्छ । करम अगाडी दीयो र अगरवत्ती बाल्छन् । हरेक घरका आइमाईहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानीले करम बाबाको पूजा अर्चना गर्नका लागि आउछन् । नेंगले करमको पूजा अचर्ना गर्छ । करम बाबा को पूजा गराउने र कथा श्रवण गराउने व्याक्तिलाई यिनीहरु (अखड़ा जगउ) भनेर यिनीहरु भन्ने गरेका हुन्छन् । यो कार्य गाँउको सबैभन्दा बुढो व्याक्तिले गर्ने गरेको पाईनछ । घर घरका महिलाहरु अखड़ामा जम्मा हुन्छन । यिनीहरुको समाजमा करम पूजा सबैले एकैचोटी नै गर्ने गरेको पाउछौं ।

यिनीहरु करमको पूजा गर्नु अगाडी करमलाई तीन पटक घुम्छन् । करम बाबालाई यिनीहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानी चढाँउछन् । यो कार्य करम बाबाको पूजा गर्दछन् । अखड़ा रुग्र्ने बूढो पूजारीले करम पूजा र करम बाबाको महिमा बारेमा कथा श्रवण गर्छ । कथा सुन्दै महिला र पुरुष पूजा गर्छन् । बाजा(गाजा सहित करमलाई तीनपल्ट परिक्रमा गर्छन् । केटा(केटी, महिला र पुरुषसँग मिलेर रातभर बाजागाजा सहित रातभर नाच्छन् । गाउँछन् यो कार्य रातदेखि बिहान करिब १० बजे सम्म चल्छ । यो पूजा उनीहरु खेतपाती लगाई सकेपछि आफ्नो थकान मेटन र अन्नवाली राम्ररी उब्जीयोस् भनेर आफ्नो कर्मलाई पूजा अर्चना गर्छन् । कोही भन्छन् वन(जंगलमा सिकार खेल्दा राती करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकोले यो रुखको पूजा गर्छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen