झुम्का, नविन कुमार चौधरी, भाद्र २१
सुनसरीको रामधुनी नगरपालिकामा अवस्थित कल्पवृक्ष पार्टी प्यालेसमा शान्ति, एकता र मेलमिलापका लागि समर्पित, बैबाहिक प्रतिबद्धता र शुभ आशिर्वाद समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
वर्तमान अवस्थामा परिवारमा समझदारीको अभाव तथा उचित संस्कारको कमिकाकारण भावी पिंढीमा देखिने गरेका विभिन्न समस्या र विकृतिलाई निराकरण गर्ने उद्देश्यले बैबाहिक दम्पत्तिहरुलाई सजग र सचेतनाको लागि यस कार्यक्रमको आयोजना गरिएको हो । असल परिवार समृद्ध नेपाल भन्ने मूल नाराका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्व व्यापीरुपमा यस किसिमका कार्यक्रम संचालन गर्दै आएको र नेपालमा पनि दम्पत्तिय जिवनलाई शुखमय एवं भावी पिंढीलाई सवल र सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको कार्यक्रम संचालक एवमं नेपाल परिवार संघको प्रवक्ता अशोक कुमार चौधरीले जानकारी दिनुभयो । असल परिवार नै शान्तिको आधार भएकोले परिवारमा असल संस्कार सिकाउनुपर्ने भएकोले दम्पत्ति जोडीलाई कार्यक्रममा आमन्त्रिण गरिएको हो ।
नेपाल परिवार संघको सहयोगमा गौरी शंकर बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा गरिएको सो कार्यक्रममा स्वदेसी तथा विदेशी अतिथिहरुको समेत उपस्थिति रहेको थियो । निरन्तर रुपमा यसै कार्यक्रममा संलग्न जापान अतिथिहरु पाल्नुभई कार्यक्रममा उपस्थित दम्पत्ति जोडीहरुलाई एकअर्काको आमुन्ने सामुन्ने राखेर विगतका अविश्वास तथा मनमुटावलाई कवुल गरेर सो भूल सुधारेर लाने प्रतिबद्धता गराएको थियो । साथै अवका दिनमा आपसमा मिलेर जाने भनि ३ प्रतिनिधि जोडीहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै पहिला श्रीमानले श्रीमती लाई तिन लठ्ठि हिर्काउदै आइ लभ यु भन्न लगाएको थियो भने त्यहीकुरा दाहो¥याउदै श्रीमतिले श्रीमान लाई तिन लठ्ठि हिकाएर अकंमाल गराएको थियो । त्यस पछि दम्पत्तिहरुलाई एकले अर्काको जुठो जिवन अमृत खुवाएको थियो र औंठि साटासाट पनि गराएको थियो । कार्यक्रममा यस कुरा लाई अभ्यासको रुपमा गराएपनि यसको अर्थ आफ्नो परिवारमा सधैं मेलमिलाप र विश्वासका साथ आफ्ना सन्तानहरुलाई राम्रो संस्कार सिकाउनुपर्दछ भन्ने रहेको थियो । साथै कार्यक्रममा नेपाल मात्र एउटा देशहो जहाँ तिन पुस्ता सँगै विताउने गरेको र यो अवस्था विस्तारै हट्दै गइरहेकोले एकआपसविचको सम्मान र संस्कार हराउँदै गइरहेको स्पष्ट गरिएको थियो । उक्त कुरालाई व्यवहारिक ढंगबाट अगाडि बढाउन जरुरीरहेको भन्दै कार्यक्रम गरिएको प्रबक्ता चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा रामधुनी नगर आसपासका १५० भन्दा बढी बैबाहिक जोडीहरु तथा एकल सहभागिहरुको उपस्थिती रहेको थियो । गौरी शंकर बचत तथा ऋण सहकारी संस्था ली. का अध्यक्ष सरस्वती चौधरीको सभापतित्व तथा रामधुनी नगर उप प्रमुख सविना चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वडा नं. १ अध्यक्ष महेश कुमार चौधरी, राष्ट्रिय कलाकार विक्रम लगाएत थारु पुरोहित, हिन्दु गुरु तथा इस्लाम गुरुलाई आमन्त्रित गरी तिनका शुभआशिर्वाको रुपमा मन्त्राचारण गरी मिसाइएको पानी आशिर्वादकोरुपमा जोडीहरुमाथि छर्कीएको थियो । प्रमुख अतिथि सविना चौधरीले यस किसिमको कार्यक्रम रामधुनीमा पहिलो पटक आयोजना गरिएकोले खुशी व्यक्त गर्दै यस कार्यक्रमलाई आगामी दिनमा नगरका हरेक वडा वडामा प्रशारित गर्ने र जनताहरुलाई सचेत गराउने बताउनुभयो । रामधुनी नगर बदलिदो परिवेश सँगै बढेको विकृतिप्रति चिन्ता व्यक्त गर्दै नगरलेपनि सामाजिक संजाल सचेतना तथा परिवारमा सदभाव र असल संस्कार सृजना गर्ने कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen