झुम्का, नविन कुमार चौधरी, भाद्र १७
थारुपत्रकार संघ सुनसरीको आज दोश्रो अधिवेशन झुम्काको थाकस भवनमा सम्पन्न भएको छ । सुनसरीका पत्रकारहरुलाई संगठित एवम् थारु समुदायको माग मुद्धालाई टडकारो रुपमा अगाडि बढाउनका लागि ससक्त भएर लाग्ने उद्देश्यका साथ अधिवेशन गरिएको हो । पत्रकार राष्ट्रको तेश्रो मेरुदण्ड भएको ठहर गर्दै समाज विकासमा पत्रकारको भुमिका रहने भएकोले थारु पत्रकारको संख्या गुणात्मक रुपमा विकास हुनुपर्छ भन्ने तर्क अतिथिहरुले प्रस्तुत गर्नुभएको थियो ।
सम्पन्न अधिवेशन थारुकानुन व्यवसायी संघका अध्यक्ष रामराज चौधरीको संयोजकत्वमा, आदिबासी जनजाती महासंघका सल्लाहकार तेजनारायण चौधरी र अग्रज पत्रकार गवन सिंह चौधरीको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरि ९ सदसिय जिल्ला कार्य समिति चयन गरिएको छ । गठित कार्यसमितिमा अध्यक्ष सुनिल चौधरी, उपाध्यक्ष सन्जय चौधरी, सचिव हेमन्त चौधरी, कोषाध्यक्ष होमकुमारी चौधरी, सह सचिव ललिता चौधरी, त्यसै गरी वरिष्ठ सदस्य निरज कुमार चौधरी, सदस्य सरोज चौधरी, स्वेता चौधरी र विनिता चौधरी चयन भएको छ ।
केन्द्रिय सदस्य कुलदिप चौधरीको सभापतित्वमा सम्पन्न सो अधिवेशन कार्यक्रममा थारु कानुन व्यवसायी संघका अध्यक्ष रामराज चौधरी, थारुमहिला सभा सुनसरीका अध्यक्ष सुशिला लेखी, अग्रज पत्रकार गवन चौधरी, आदिबासी जनजाती महासंघ सल्लाहकार, तेजनारायण चौधरी, थाकस सुनसरी अध्यक्ष सुरेन्द्र चौधरी, थाकस सदस्य तारादेवी चौधरी लगाएतको उपस्थिती रहेको थियो । उपस्थित अतिथिहरुले नवगठित समितिलाई सफलकार्यकालको शुभकामना दिनुभएको थियो ।
