झुम्का, नविन कुमार चौधरी, भाद्र १७
रामधुनी नगरको कृषकहरुको उत्पादनलाई बजारीकरणको मुख्य बजारको रुपमा रहेको झुम्का कृषि बजारको आज मंगलबार कृषि तथा पशुपंछी विकास राज्यमन्त्री माननीय श्री रामकुमारी चौधरीद्वारा उद्घाटन गरिएको छ ।
कृषिमा आधुनिकीकरण तथा कृषि प्रवद्र्धनकालागि वास्तविक किसानले सरकारको सेवा सुविधा पाउनुपर्दछ भन्ने तर्क प्रस्तुत गर्दै माननिय राज्य मन्त्री रामकुमारी चौधरीले वास्तविक किसानको पहुच पुग्नकोलागि किसान सजग हुनुपर्ने बताउदै सामुहिक खेती तथा आधुनिक प्रविधियुक्त खेतिमा जोड दिनुपर्ने बताउनुभयो । सरकारले किसानको लागि उपलब्ध गराएको कृषि मल विउ तथा सामाग्री व्यवसायीहरुले खरिद गरी किसानहरुले दोब्बर मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको हुनाले यो समस्याको सामाधानका लागि किसानहरु संगठित भएर मल तथा विउ खरिदमा पहुच पु¥याउने कुरामा जोड दिनुभएको थियो । उहाँले किसानहरुको समस्यालाई निराकरण गर्नकालागि स्थानिय निकायमा जनप्रतिनिधिहरु रहेको हुनाले उनीहरुको प्रमुख भूमिका सरकारी सुविधामा किसानको पहुच बनाउने र तिनको विकासमा पहल गर्नुपर्ने वक्तव्य दिनुभयो ।
किसानहरुको विकासका लागि बजार प्रबद्धनको राम्रो व्यवस्था हुन जरुरी भएकोले झुम्काको कृषि बजारलाई व्यवस्थित गनुपर्ने आवश्यकता महशुस गरि प्रत्येक दिन बजार उपलब्ध हुने हिसाबले यो कृषि बजारको विकास गरिएको हो । झुम्काको कृषि तथा गुद्री बजारमा १५ भन्दा बढि सटरको व्यवस्था गरिएको छ । त्यसतै रामधुनी नगरपालिकाका कार्यबाहक नगर प्रमुख सविना चौधरीले रामधुनीका किसानहरुका लागि विभिन्न निति तथा कार्यक्रमहरु ल्याएको जानकारी गराउदै स्थलगतरुपमा अनुगमन गरी किसानहरुको वृति विकास र तिनका माग अनुसारका कार्यक्रम अगाडि बढाइरहेको जानकारी गराउनुभयो । साथौ किसानको विकासको लागि झुम्कामा कृषिबजारको व्यवस्थि तगर्दै लगिएको जानकारी दिनुभयो । उक्त उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्यहरु, लगाएत सरोकारबाला संघ संस्थाका प्रतिनिधि स्थानिय कृषक तथा व्यवसायीवर्गहरुको उपस्थितिमा कार्यक्रम गएिको थियो ।


तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen