झुम्का, नविन कुमार चौधरी, भाद्र १६
झुम्कामा हरितालिका तिजको उपलक्ष्यमा धुमधामका साथ साँस्कृतिक कार्यक्रम गरी जेसिस सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । झुम्का जेसिस द्वारा भाद्र ९ गतेदेखी रामधुनी ५ मा वृक्षारोपन कार्यक्रमबाट शुरु गरिएको सप्ताह व्यापी कार्यक्रम विविध कार्यक्रमहरु ग्र्दै आज तिज विशेष कार्यक्रम गरी समापन गरेको हो ।
भाद्र ११ गते शनिश्चरे मा. वि. डुम्राहामा विद्यार्थी छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम तथा १३ गते कल्पवृक्ष पार्ती प्यालेसमा दर खाने कार्यक्रम, १४ गते झुम्कामा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको थियो । आज आयोजित तिज विशेष कार्यक्रममा कृषि तथा भूमी सुधार मन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । विवाहित महिलाहरु रंगिविरंगी सारी तथा चुरा पोतेमा सज्जिएर रमाइ रमाइ तिजको गितमा नाचगान गरेका थिए । नाचगान गर्ने महिलाहरुको प्रोत्साहनका लागि झुम्काका विभिन्न व्यवसायीहरुले उपलब्ध गराएको सहयोगबाट सारी, चोलो, कुर्ता तथा फेन्सी लताकपडा, कस्मेटिकका सामान तथा सृङ्गारका सामानहरु उपलब्ध गराएको थियो । नाच प्रस्तुत गर्नेलाई कुपनको व्यवस्था गरिएको थियो जसमा पाएको उपहार महिलाहरुलाई प्रदान गरिन्थ्यो । साथै नृत्यगर्ने उत्कृष्ट समुहलाई प्रथम द्वितिय, त्रितिय गरी विभिन्न स्थानमा विजेता घोषणा गरी उपहारको व्यवस्थासमेत गरिएको थियो ।
कार्यक्रम झुम्का जेसिस अध्यक्ष पुष्प कार्कीको सभापतित्वमा आयोजना गरिएको थियो । विशिष्ट अतिथि रामधुनी नगर उपप्रमुख सविना चौधरी, अतिथिहरु बलराम चौलागाई, जेसिस पूर्व अध्यक्ष घुरण चौधरी, डिल्लीराम कार्की, व्यवसायी डिल्ली गुरागाई, प्रेरणा बतच तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी घिमिरे, रामधुनी नगरपालिका का वडाध्यक्ष तथा वडा सदस्यहरु, नगरकार्यपालिकाका सदस्यहरु, बुद्धिजिवी लगाएत रामधुनीका महिलादिदीबहिनीहरुको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम संयोजन बन्दना बस्नेसले गरेको थियो ।