झुम्का, नविन कुमार चौधरी, भाद्र ११
आर्थिक वर्षलागेको करिव डेढ् महिना (४२) दिन बितिसक्दा स्थानिय तहमा बजेट नआइसक्दा नगर तथा वडाले एकिकृत सम्पत्ति राजस्व संकलन तथा सिफारिस बनाउने काम मात्र गरिरहेको छ । बजेटको अभावमा आर्थिकवर्षका लागि पेश गरिएको विकासका योजना तथा परियोजना परियोजनामा सिमित रहेको छ । नगरबासीहरुले विकासको बाटो कुरिरहेको भएपनि वडाहरुले आश देखाउनुको विकल्प छैन ।
वडा नं. २ ले आर्थिक २०७६÷०७७ को एक महिना बिति सक्दा अर्थात श्रावण मसान्त सम्ममा राजस्वकोरुपमा एकिकृत सम्पत्ति कर बापत १५ हजार ५२ रुपैया संकलन गरेको छ । भने सिफारिसबाट २० हजार ७ सय रकम संकलन गरेको छ । वडाले श्रावण मसान्त सम्ममा ३२४ जनाको सामाजिक सुरक्षा परिचय पत्र नविकरण तथा वितरण कार्य सम्पन्न गरको छ । वडाले नागरिकताको सिफारिस १७ वटा, विभिन्न संघसंस्था तथा व्यक्तिगत सिफारिस ८६ वटा दिएको छ । दर्ता चलानी किताब वडा नं. २ अनुसार जन्मदर्ता ९ पुरुष र ७ महिला गरी १६ वटा मृत्यु दर्ता ७ वटा र बसाइसराइँ ८ वटा भएको वडा सचिव घनेन्द्र कोइरालाले जानकारी दिए ।
विकासका काममा भने वडा नं. २ ले धमौरा झुम्का जेड्ने सडक खण्डको दतकिच्चा खोलाको पुल मर्मत गरेको उनले जानकारी दिए । पुलमा वर्षाका कारण क्षत्ति भएको थियो । मर्मतका लागि ३ ट्रक इटा र तार जाली लगाई भत्किएको छेउ तथा जगको ढलान गरी मर्मत गरिएको थियो । पुल मर्मत खर्चको खर्च विवरण नआइसकेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen