झुम्का, भाद्र १०

रिट्ज कलेज अफ होटेल म्यानेज्मेन्टले एक कार्यक्रम गरि दोश्रो व्याचका ७ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ भने तेश्रो व्याचका २० जना विद्यार्थीहरुलाई वेलकम गरेको छ । सोमबार इटहरीको होटेल बारान्डामा वेलकम एण्ड फेयरवेल कार्यक्रमको आयोजना गरिएको थियो । विगत ३ वर्षदेखी होस्पिटालिटि इन्डस्ट्रिजको क्षेत्रमा कुलिनरी आर्ट र होटेल म्यानेज्मेन्टमा उच्च गुणस्तरिय, सक्षम जनशक्ति उत्पादन तथा स्वदेश एवं विदेशमा स्वरोजगार बनाउन सफल यस कलेजले पहिलो पटक स्वागत तथा सम्मानको कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि यसै रिट्ज कलेजका प्रमुख पुष्प अधिकारीले यस कलेज संचालनको प्रमुख उद्देश्य युवा वर्गलाई सस्तो लागतमा अन्तर्राष्टिय स्तरको आतिथ्य व्यवस्थापन शिक्षा दिलाई देशका युवाहरुमा व्यवसायिक शिक्षाको प्रसार गर्ने रहेको जनाएको छ । साथै यस कलेजले निम्न वर्गिय अभिभावकका विद्यार्थीहरुलाई पनि स्वरोजगारको व्यवस्थाकालागि तत्पर रहेको बताउनुभयो । कलेजले सर्ट टर्म तथा लङ्ग टर्क तालिमहरु ल्याई देश विदेशका ठूल्ठूला होटेलहरुमा आफ्ना विद्यार्थीहरुलाई इन्टर्नसिपका लागि पठाइरहेको बताएका छन ।
आयोजित वेलकम कार्यक्रममा साँस्कृतिक नृत्य तथा गायन प्रस्तुतीका साथै फेशन शो प्रतियोगिता समेत गरिएको थियो । शोमा उत्कृष्ट कोर्योग्राफीमा ओम विक्रान्त रसाइली, फस्ट रनरअफ घनश्याम खतिवडा, त्यसैगरी सेकेन्ड रनरअपमा प्रज्वलचौधरी आउन सफल भएको थियो । सहभागी विद्यार्थीहरुलाई मिस ग्लोव इन्टरनेशनल २०१७ का रनरअप बबी श्रेष्ठले ट्रेन गराएको थियो । कार्यक्रमको प्रमुख अतिथि कलेजका सि ई ओ पुष्प अधिकारी रहनुभएको थियो भने अतिथिहरु बबी श्रेष्ठ, बन्दना प्रधान, जितेन्द्र शाह लगाएत अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन रुपक कार्की, प्रज्वल गौतम, अरुण प्रधान, सविना कार्की र सरला खतिवडाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen