झुम्का, नविन कुमार चौधरी, भाद्र ८
हिन्दु धर्माब्लम्बिको महान चाँड श्री कृष्ण जन्माष्ठमीको उपलक्ष्यमा आज भुम्कामा भव्यताका साथ रथयात्रा कार्यक्रम मनाइएको छ । नेवा देय दबु रामधुनी नगर समिति र झुम्का उद्योग बाण्ज्यि संघको सहयोगमा उक्त रथयात्राकार्यक्रम झुम्का बजार परिक्रमा गरी मनाएको छ ।
उक्त कार्यक्रममा झुम्काका उद्योगी व्यवसायी, नेवार समुदाय तथा थारु समुदाय लगाएत विभिन्न जातजातिको भेशभूषामा सज्जिएर झाँकी सहित बजार परिक्रमा गरिएको थियो । यात्रामा नेवार जातिको लाखे नाच, थारु जातिको धुमरा नाच, साकेला तथा भाषाभाषीको नाचगानहरु प्रस्तुत गरिएको थियो । झुम्केश्वर मन्दिरको प्रागंनबाट शुरु गरिएका यात्रा उत्तरमा लगौना चौक र दक्षिणमा शिवचौक सम्म बजार परिक्रमा गरि पुनः मन्दिरमा आइ टुगिंएको थियो तत पश्चात चतरा नहरमा विधिवत विसर्जन गरिएको थियो ।
जनै पूर्णिमाको भोलिपल्टबाट शुरुवात हुने गाईजात्रा तथा लाखेनाच कृष्ण जन्माष्ठमीको भोलीपल्ट रथयात्रा सँगै समापन गर्ने परम्परा रहिआएको छ ।
हिन्दु धर्मको भागवत गिता ग्रन्थमा उल्लेख भए अनुसार भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले सो दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । सोही विश्वासका साथ मनाउदै आइरहेको जन्माष्ठमी आज झुम्काबासीहरुको बाक्लो उपस्थितिमा रथयात्रा गरी सम्पन्न गरिएको छ । उक्त भिडलाई व्यवस्थापन गर्नलाई इलाका प्रहरी कार्यालय पकलीले कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen