झुम्का, नविन कुमार चौधरी, भाद्र ८

थारु समुदायमा रैव पर्वको रमझम आजबाट शुरु भएको छ । नेपाली क्यालेन्डर अनुसार भाद्र महिनाका आइतबार मध्ये कुनै एक आइतबार ब्रतको रुपमा रैव पर्व मनाउने परम्परा रहिआएको छ । तर शनिबार बाटै रैव पर्वको विधि तथा डाली उठ्ने भएकोले शनिबार सहितको दिन भाद्रमा पर्नु जरुरी रहेको अग्रजहरुको भनाई रहेको छ । शनिबार रैव पर्वको लाइको रुपमा मान्ने भएकोले माछा मासु तथा लसफस (रेशादार) तरकारी सेवन गर्नु हुँदैन । त्यसैगरि आइतबार विहान देह स्नान गरी विभिन्न मिष्ठान्न परिकारका साथ दहि चिउरा चिनी, फलफुल आदि सेवन गर्ने गरिन्छ, सो दिन नुन मिसिएको र तेलबाट बनेको परिकार पनि खानुहुँदैन, त्यसकारण नुन बार्न नसक्ने मानिसको लागि यो ब्रत निकैनै कठिन हुन जान्छ । । भनिन्छ आइतबारका दिन नुन वा नुन मिसाएको खाना सेवन गरेको खण्डमा रैव ब्रत भगं भएको मानिन्छ र सो ब्रत भगं भएमा अर्को जन्ममा बरद (गोरु) भएर जन्म लिनु पर्दछ । र सो डरले पनि बाध्य भएर दही चिउरा नरुच्नेले भोकै बसेर भए पनि यो ब्रत पूरा गर्ने गरिन्छ ।
थारु समुदाय कृषिमा आश्रृत तथा प्रकृतिप्रेमी भएकोले परापूर्व कालदेखीनै प्रकृतिको पुजा आरधना गर्दै आइरहेको अर्को धारणा थारु अगुवाहरुको रहेको छ । भाद्र महिना गर्मीमौषम हुनुका साथै वर्षाको समय भएकोले यस समयमा सर्प लगाएतका विषालुजिवहरुको प्रकोप बढि हुने तथा बाढी पहिरो, चट्टान जस्ता दैवीक प्रकोपहरु हुने भएकोले उक्त दैविक प्रकोपबाट आफ्नो परिवार जन तथा सन्ततिहरु प्रभावित नहोस भनि कामना सहित विशहैर माताको पुजा आराधना गरिने चलन रहेको छ । खासगरी विसहैर माताको पुजा महिलाद्वारा मात्र गर्ने चलन रहीआएको दया विशहैर कथा खण्डमा उल्लेख रहेको छ । रैव पर्व सम्बन्धमा अर्को तर्कभने यस्तो पनि छ । यो समय प्राचिनकालमा रोपाई सकिएर विश्राम गर्ने समय भएकोले खेतिपातीको काम सकेको उपलक्ष्यमा खुस्यालीकोरुपमा विशेषतः दही चिउरा चिनी तथा अन्य मिष्ठान्न परिकारहरु खाने तथा माता विशहैरको पुजापाठ गरेर नदिमा सेलाउने परम्परा रहि आएको छ जसले गर्दा मानिसको शरिर फुर्तिलो र रक्तचाप पनि नियन्त्रणहुने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen