झुम्का, नविन कुमार चौधरी, भाद्र ८
थारु कल्याणकारिणी सभा सुनसरी जिल्ला कार्यसमितिले शनिबार विरोध दिवस मनाउँदै अग्रज थारुहरुमाझ अन्तरक्रिया कार्यक्रम गरेको छ । थाकस भवन झुम्कामा आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा थरुहट, थारुवान हक अधिकारको सुनिश्चितताको लागि फेरी आन्दोलनको बाटो अगांल्ने र यसकालागि पूर्व मेची देखी महाकाली सम्मका थारुहरुलाई समेटेर विषयमा छलफल तथा विमर्श गरिएको थियो ।
थाकस जिल्ला कार्य समितिका अध्यक्ष सुरेन्द्र चौधरीको सभापतित्वमा संचालित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि थाकस केन्द्रिय बरिष्ठ उपाध्यक्ष कनुलाल चौधरी, कानुन व्यवसायी रामराज चौधरी, केन्द्रिय सदस्य पुनितलाल चौधरी, पूर्व केन्द्रिय सदस्य चन्द्र नारायण चौधरी, कलाकार पर्शुराम चौधरी, तथा सुनसरीका विभिन्न इकाइ समितिका पदाधिकारीहरुको उपस्थिती रहको थियो ।
कार्यक्रमको औचित्य प्रष्ट्याउँदै, हिजोकै दिन कैलालीका निर्दोश थारु अग्रज रेशम चौधरी तथा लक्ष्मण थारु लगायत २५ जनालाई झुठा मुद्दा लगाई जेल सजाय दिएको ठहर गर्दै थाकसले सो दिनलाई नराम्रो दिनको रुपमा कालो दिन अर्थात विरोध दिवसको रुपमा मनाएको केन्द्रिय सदस्य पुनितलाल चौधरीले बताउनुभयो । उनका अनुसार नेपालका विभिन्न साँसदहरुले अपराधिक अभियोग हुँदाहुँदै कानुनी बन्देजबाट कुनै प्रभाव नभएको र रेशम चौधरी र लक्ष्मण थारु जस्ता जनप्रेमी व्यक्तित्वलाई फौजदारी अभियोगमा जेल सजाय लगाउने नेपालको शासन प्रणाली व्यक्ति पिच्छे फरक पाएकोमा असन्तुष्टी व्यक्त गर्दै विरोध कार्यक्रम गरिएको बताउनुभयो ।
प्रमुख अतिथि थाकस केन्द्रिय बरिष्ठ उपाध्यक्ष कनुलाल चाधरीले नेपाल सरकारले थारुहरुको मागमुद्दालाई सम्बोधन गर्न नसकेको र यस विरद्ध आबाज उठाउनेलाई योजनाबद्धतरिकाले फसाउने नियतले कैलालीमा घटना सृजना गरेर रेशम चौधरी लगाएतलाई कानुनको दायरामा ल्याई जेल सजाय दिएको प्रति असन्तुट रहेको बताउनुभयो । थारुहरुका माग मुद्धालाई नेपालको संविधानले समेट्न नसकेकोले उक्त मुद्धालमई लिएर आन्दोलित रहेको र अवका दिनमा नेपाल भरिका थारु हरुले नेपालको संविधानको विरद्धमा, एकोहोरो सिस्टमको विरुद्धमा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको र थारुहरुले फेरीपनि आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।
थाकस सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरीले थारुको मुद्धालाई सम्बोधन गर्न र थारुको हक सुनिश्चित गर्न देशव्यापी आन्दोलनमा उत्रिनुपर्ने जनाउदै सुनसरीको हकमा आफ्नो नेतृत्वमा थारु समुदायलाई एकिकृत गरेर समेटेर आफ्नो अधिकारको लागि लडने प्रतिबद्धता व्यक्त गर्नुभयो ।