झुम्का, नविन कुमार चौधरी, भाद्र ६,

नेवा देय दबु रामधुनी नगर समितिले श्री कृष्ण जन्माष्ठमी तथा साँस्कृतिक गाई जात्रा, लाखे नाच भव्यताका साथ मनाइरहेका छन् ।
परा पुर्खाको पालादेखीनै मनाउँदै आइरहेको गाई जात्रा, इन्द्र जात्रा, रोपाई जात्रा, लगायत विभिन्न साँस्कृतिक कार्यक्रमहरु मनाउँदै आइरहेको नेवार समुदायले यसपालिको जात्रा पनि विशेष तामझामका साथ मनाई रहेका छन । जनै पूर्णिमाको भोलिपल्टबाट शुरुवात हुने गाईजात्रा तथा लाखेनाच कृष्ण जन्माष्ठमीको भोलीपल्ट रथयात्रा सँगै समापन गर्ने परम्परा रहिआएको छ ।
नेवा देय दबु रामधुनीका अध्यक्ष केदार श्रेष्ठका अनुसार यो पर्व प्रताप सिंहको पालादेखीनै मनाउँदै आएको हो । राजा प्रतापकी रानी पुत्रशोकमा डुबेको अवस्थामा विभिन्न जात्रागरि खुशी पार्न सफल भएपछि उनैको सम्झनामा नेपालमा गाईजात्रा तथा लाखे नाचको प्रारम्भ भएको उनले बताए । समितिले झुम्का उद्योग वाणिज्य संघको सहकार्यमा शनिबार कृष्ण भगवानको रथ यात्रा सहित पुजा आरधाना गरी कार्यक्रम समापन गरिने बताएको छ । यसै अवसरमा भोलीको रथयात्रामा सहभागीकालागि लाखे नाचका संयोजक कमला श्रेष्ठले सम्पुर्ण नगरबासीहरुमा अनुरोध गरेकीछन । कृष्ण जन्माष्ठमीको अवसरमा नगरबासीहरुमा नेवा दबुका अध्यक्ष केदार श्रेक्ष्ठले उत्तरोत्तर प्रगतिको कामना समेत गरेकोछ ।

हिन्दु धर्मको भागवत गिता ग्रन्थमा उल्लेख भए अनुसार भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen