झुम्का, नविन कुमार चौधरी, भाद्र २
रामधुनी नगरपालिकाले २०७६ चैत्र मसान्त सम्ममा नगरलाई बालमैत्री वातावरण घोषणा गर्ने लक्ष्य लिए अनुरुप आर्थिक वर्ष २०७६/०७७ को पहिलो महिना सकिए सँगै वडा नं. ८ र ९ ले वडास्तरिय वडा बाल संजाल गठन कार्य सम्पन्न गरेको छ । वडालाई मंसिर मसान्त सम्ममा बालमैत्री वातावरण युक्त घोषणा गर्ने लक्ष्य लिएको छ । यसै अनुरुप दुवै वडाले वडा अन्तर्गतका संस्थागत तथा सार्वजनिक विद्यालय, लगायत टोलटोलमा बाल क्लव पुनरगठन तथा नयाँ बाल क्लवहरु गठनकार्य सम्पन्न गरेको छ । यस अनुरुप वडा नं. ८ र ९ ले श्रावण मसान्त सम्ममा दर्जनको संख्यामा बालक्लवहरु गठन गरेको छ भने वडा स्तरिय बाल संजाल पुनरगठन गरिएको छ ।
वडा नं. ८मा गठित वडा बाल संजालमा अञ्जली चौधरीको अध्यक्षता २१ सदसिय समिति गठन भएको छ । उपाध्यक्षमा अरुण चौधरी, सचिव अविशेक उराउ, सहसचिव काजल चौधरी, कोषाध्यक्ष सृजना वि.क. चयन भएका छन । त्यसैगरि वडा नं. ९मा शनिबार मात्र पुनरगठन भएको वडा बाल सञ्जाल गठन कार्यक्रममा सबिना चौधरीको अध्यक्षतामा २५ सदस्यिय वडा स्तरीय बाल सञ्जाल पुनरगठन गरीएको छ । समितिको बरिष्ठ उपाध्यक्ष राधा सिंह, उपाध्यक्ष तृशला चौधरी, सचिब मनन खडका, सह सचिब मोनिका चौधरी र कोषाध्यक्ष सुनिता ठाकुर रहेका छन् । बालमैत्री वातावरणका ३९ सूचक मध्ये महत्पुर्ण रहेको आयोडिन युक्त नुनको प्रयोग र विहेवारी २० वर्षपारी प्रमुख रहेको र यसकालागि बालबालिकालाई सर्वप्रथम सजग बनाउनुपर्ने भएकोले सो अभियानको लागि बाल क्लवको गठन अझ महत्वपूर्ण भएकोले संजाल गठन गरेको वडा सचिव जयराम चौधरीले बताएका छन् ।
त्यसैगरि वडा नं ८ र ९ ले श्रावण मसान्त सम्ममा सामाजिक सुरक्षा अन्तर्गतका एकल महिलाको परिचय पत्र कार्ड नविकरण कार्य सम्पन्न भएको छ भने वर्षाकाकारण भत्किएका बाटोघाटो तथा पुल पुलेसा मर्मत कार्य सम्पन्न गरेको छ । वडा नं. ८ ले भाद्र देखी टोल विकास संस्था गठन तथा तिनलाई सक्रिय गरी टोल टोलको समस्यालाई सो संस्था मार्फत वडामा पु¥याउने तथा समस्या सामाधान गर्ने योजना रहेको प्राविधिक महेश रेग्मिले बताए ।
वडा नंं.९ ले दत्तकिच्चा खोलामा अवस्थित फलामे पुलमा भत्किएका ढलान तथा जगको मर्मत गरेका छन् । वडाको सर्वाङ्गिन विकासका लागि स्वदेशमै रोजगारिको सृजना गर्नु जरुरी रहेको महशुस गर्दै वडाले वैदेशिक रोजगारबाट फर्केका ४ युवालाई उद्यमशिलता विकास तालिमको लागि छनौंट गरि पठाएको छ । सो उद्यमशिलता तालिम नगरपालिकाका विभिन्न वडाका विदेशबाट फर्केका र देशमै केही गर्ने सोचभएका युवाहरुलाई लक्षित गरि एक्टिभ नेपाल मोरङ्गको सक्रियतामा दिन लागेको वडाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen