नविन कुमार चौधरी, झुम्का, सुनसरी श्रावण २८
रामधुनी नगरपालिका वडा नं. ९ अन्तर्गत बाल मैत्री वडा बनाउनका लागि सोमबार मर्चैयामा दुईवटा बाल क्लव गठन कार्य सम्पन्न गरिएको छ । बालमैत्री वातावरणको सुचक मध्ये एक सूचक बालक्लव गठन महत्वपूर्ण हो ।
वडाका प्रत्येक टोलटोलमा गएर बालक्लव गठनगरि बालमैत्री वातावरणको सुचक पुरा गर्ने क्रममा मर्चैयाको बालसदन अग्रेजी विद्यालयको प्राङ्गनमा एक बाल क्लवको पुनरगठन गरिएको हो । पुनरगठित बालक्लव प्रगतिशिल बालक्लवमा ३० जना बालबालिकाहरुको प्रतिनिधित्वमा गठन भएको छ । बालक्लवको अध्यक्षमा दिक्षा चौधरी, उपाध्यक्ष रोजिना चौधरी, सचिव नेहा चौधरी, सह सचिव आनन्द चौधरी र कोषाध्यक्षमा स्नेहा चौधरी चयन भएका छन । त्यसैगरि सोही कार्यक्रममा अर्को नयाँ बाल क्लव नयाँ विहानी बालक्लव पनि गठन गरिएको छ । नवगठित नयाँ विहानी बालक्लवको पदाधिकारीहरु अध्यक्षमा तृशना चौधरी, उपाध्यक्ष कविक्षा चौधरी, सचिवमा गौरव चौधरी, सह सचिवमा मुकेश ठाकुर र कोषाध्यक्षमा सरिता चौधरी चयन भएका छन ।
कार्यक्रम पुनरगठित, प्रगतिशिल बालक्लवका निवर्तमान अध्यक्ष सविना चौधरीको सभापतित्व तथा रामधुनी नपा वडा नं. ९का वडाध्यक्ष घनश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अतिथिहरु वडा सदस्य पुष्पलाल चौधरी, योगेन्द्र खडका, सोनिया थरुनी, समाजसेवी सुरेश चौधरी, बालसदन अग्रेंजी विद्यालयका संस्थापक शिक्षक नगेन्द्र चौधरी, वडा सचिव जयराम चौधरी, पत्रकार धिरेन्द्र चौधरी लगाएतको उपस्थिति रहेको थियो । अतिथिज्यूहरुले बालक्लव गाँउ गाँउमा गठन गर्नुको औचित्य, महत्व तथा आवश्यकताको बारेमा मन्तव्य राख्दै नवगठित तथा पुनरगठित बाल क्लवहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
शुभकामनाको क्रममा वडाध्यक्ष घनश्याम चौधरीले रामधुनी नगरपालिकाको बालमैत्री वातावरण युक्त घोषणा गर्ने कार्य योजना अनुरुप २०७६ चैत्र मसान्त सम्ममा गर्ने अभियान रहेको र वडा नं. ९ ले यहि मंसिर मसान्त सम्ममा पूर्ण बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ लागिपरेका कारण विभिन्न सरकारी विद्यालय, संस्थागत विद्यालय लगायत टोलटोलमा बाल क्लव गठन गर्न लागिएको जनाएको छ । बाल मैत्री वातावरण बाल अधिकार र बाल सहभागिताको कुरा भएकोले बालबालिकाहरुलाई जबसम्म समेट्न सकिदैंन तब सम्म बाल मैत्री हुन नसक्ने भएकोले विभिन्न नेत्रित्व तालिम देखी व्यक्तित्व विकासका लागि प्रत्येक गाँउ टोलमा आवश्यकता अनुसार बाल क्लव गठन गरिएको बताए । जस अनुरुप ९ नं. वडामा विद्यालय बाहेक गाउँ स्तरमा ८ वटा बालक्लव गठन गरिएको जनाएको छ । मर्चैयाका १०० बालबालिकाहरुको उपस्थिति रहेको सो गठन कर्यक्रम संचालन वडा नं. ९ का पशु प्राविधीक विजयकुमार चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen